ठगी मुद्दाका फरार आरोपीलाई प्रहरीले काठमाडौंको नयाँबजारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–४ घर भएका जिवन कुमार केसी छन् । जिवन कुमार केसी र रोजीना शाक्य समेत विरुद्ध उपभोक्ता हित संरक्षण नेपालले १ करोड १९ लाख ८४ हजार ठगी गरेको जाहेरी दर्ता गराएको छ । ४८ वर्षीय जिवन केसीबारे अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।