डोटी बहुमुखी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । विद्यार्थी संगठनहरुबीच विवाद हुँदा नेकपा चन्द समूह निकट अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थीहरुले क्याम्पसमा तोडफोड र मतपेटिकामा आक्रमण गरेपछि निर्वाचन स्थगित भएको हो ।