काठमाडौं त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ। शमुक्रबार बसेको त्रिवि कार्यकारी परिषद्ले यो निर्णय गरेको रजिष्ट्रार प्रा.डा. पेशल दाहालले जानकारी दिए। दाहालका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ। समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ। यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफार