नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा अनाडी मान्छे बसेर राष्ट्रपतिको ‘मजाक’ गर्ने काम गरेको आरोप लगाएका छन् । बिहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिको सुझावलाई संसद बाहिर अनाडीहरु बसेर मजाक बनाउँदै कुसंस्कार भित्र्याएको बताए । उनले संविधान, कानुन र मर्यादा समेत गठबन्धनले उल्लंघन गरेको भन्दै गठबन्धनसँग बहुमत नै नभएको टिप्पणी गरे । ‘जोडेको बहुमतको धाक लगाउने ?’, ओलीको प्रश्न छ ।