झन्डै ५० अङ्कले घट्यो नेप्से, राधी विद्युतको ५० करोड रुपैयाँको कारोबार

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से मङ्गलवार झन्डै ५० अङ्कले घटेको छ । माइक्रो–फाइनान्सबाहेक सबै समूहको शेयर घटेपछि नेप्से ४७ दशमलव ४९ अङ्कले घटेर दुई हजार आठ सय २८ विन्दुमा झरेको हो । आज बैंकिङ समूहको शेयर साढे २६ अङ्कले, विकास बैंक समूहको एक सय ६७ अङ्कले, व्यापारको साढे ४७ र जलविद्युत् समूहको शेयर ७६ अङ्कले घटेको छ । यस्तै फाइनान्स समूहको शेयर झन्डै ८८ अङ्कले, जीवन बीमा समूहको एक सय ६६, निर्जीवन बीमाको दुई सय ५१ अङ्कले, उत्पादन समूहको ३५ अङ्कले, अन्यको ५१ र लगानी समूहको शेयर एक सय आठ अङ्कल...

सम्बन्धित सामग्री

२६ अंकले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २६ दशमलव १४ अंकले घटेर दुई हजार एक सय दशमलव ३४ बिन्दुमा सीमित भएको छ । विभिन्न दुई सय ६६ वटा कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता शेयर ४६ हजार तीन सय २७ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५० करोड २८ लाख ८६ हजार पाँच सय २७ […]

१८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ– साताको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ। नेप्से परिसूचक १८ अंकले घटेसँगै सेयर बजार ३१८० बिन्दुमा आइपुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ। यस्तै, सेयर कारोबार पनि घटेर २० अर्ब ५० करोड रुपैयाँमा झरेको छ। हिजो बुधबार २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रुपैयाँमा कारोबार भएको थियो। बिहीबार अरुण […]

यो साता ४ % भन्दा बढीले घट्यो नेप्से परिसूचक : लगानीकर्ताले करीब २ खर्ब गुमाए

असार १२, काठमाडौं । यो साता शेयर बजारका सबै महत्वपूर्ण परिसूचकहरु घटेका छन् । समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्ससँगै समूहगत सबै परिसूचक गत साताभन्दा यो साता घटेका हुन् । यी सँगै कारोबार रकम, कारोबार कित्ता र कुल बजार पूँजीकरण पनि गत साताभन्दा यो साता कम भएको छ । गत साताको तेस्रो कारोबार दिनदेखि ओरालो लागेको शेयर बजार यस साताको तेस्रो कारोबार दिन बढेपनि बाँकी दिन भने निरन्तर घटिरहेको छ । धितोपत्र दोस्रो बजारमा २०० भन्दा बढी कम्पनी सूचीकृत रहेपनि ५१ ओटा कम्पनीहरुको नियामक निकायको धारणाले समग्र बजारलाईनै असर पुर्‍याएको हो ।  नियामकले कम्पनीहरुप्रति नकारात्मक धारणा भन्दा पनि यी कम्पनीहरुको वित्तीय अवस्था अनुसार बजारमूल्यमा उतारचढाब देखिएकाले अध्ययन अनुसन्धानपश्चात मात्र लगानी गर्ने सचेत गरेको बताउँदै आएको छ । बजार विकास र विस्तारका लागि निरन्तर सरकारात्मक कदम चाल्दै आएको बोर्डको गत साताको ५१ कम्पनीहरु प्रतिको धारणा समेटिएको प्रेस विज्ञप्तीले भने बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ ।   गत साताभन्दा यो साता नेप्से परिसूचक ४ दशमलव २३ प्रतिशत अर्थात् १२५ दशमलव ४७ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीवार २ हजार ९६८ दशमलव ४३ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८४३ विन्दुमा कायम भएको हो । साताको पहिलो कारोबार दिन ६३ दशमलव २८ अंक, दोस्रो दिन ७१ दशमलव शून्य ६ अंक घटेको बजार तेस्रो दिन भने ७९ दशमलव ४४ अंकले बढेको थियो ।  चौथो दिन ५१ दशमलव ६५ अंकले फेरी घटेको बजार पाँचौ दिन १६ दशमलव ९६ अंकले घटेको छ । यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि गत साताभन्दा १५ दशमलव ४७ अंक अर्थात् २ दशमलव ८६ प्रतिशतले कमि आएको छ । गत साता ५४१ दशमलव ७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५२५ दशमलव ६५ विन्दुमा बन्द भएको हो । यो साता गत साताभन्दा कारोबार रकम रू. ३२ अर्ब २३ करोड १३ लाख ७६ हजारले कम भएको छ । गत साता रू. ८१ अर्ब ३५ करोड २३ लाख ८६ हजार बराबरको कारोबार भएकोमा यो साता रू. ४९ अर्ब १२ करोड १० लाख ९ हजार बराबरको शेयर कारोबार भएको हो । यो साता अन्तिम कारोबार दिन कारोबार रकम रू. ७ अर्ब ३ करोडमा खुम्चिएको छ । कारोबार रकम घटेसँगै कारोबार कित्ता पनि घटेको छ । गत साता १५ करोड १७ लाख ७ हजार ४८२ कित्ता शेयर कारोबार भएकोमा यो साता १० करोड २२ लाख ६५ हजार ५४१ कित्ता शेयर कारोबार भएको हो । गत साताभन्दा यो साता ४ करोड ९४ लाख ४१ हजार ९४१ कित्ता कम शेयर कारोबार भएको हो । यो साता बजारका सबै सूचकहरु नकारात्मक हुँदा लगानीकर्ताहरुको सम्पत्तिको मूल्य रू. १ खर्ब ८९ अर्ब ६६ करोड ९० लाख ३३ हजार घटेको छ । गत साता रू. ४१ खर्ब ३९ अर्ब २८ करोड ८० लाख ५३ हजार रहेको कुल बजार पूँजीकरण रकम रू. ३९ खर्ब ४९ अर्ब ६१ करोड ९० लाख २० हजारमा झरेको छ ।  कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा रहेको नेपाल दूरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण रू. १ खर्ब ६९ अर्ब ५० करोड रहेको छ । कम्पनीको अन्तिम मूल्य बिहीवार रू. १ हजार ३१३ कायम भएको छ । गत साता यो मूल्य रू. १ हजार २९८ थियो । गत साताको भन्दा यो साता नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १५ ले बढेको हो । यो साता समूहगत सबै परिसूचकहरुमा कमी आएको छ । विकास बैंक र वित्त समूहको परिसूचक यो साता सर्वाधिक घटेको छ । गत साताभन्दा यो साता विकास बैंकको ७ दशमलव ५७ प्रतिशत र वित्तको ७ दशमलव २४ प्रतिशत परिसूचक घटेको हो । गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :                                                              स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता समूहगत परिसूचकमा भएको थपघटको अवस्था :                                                                                 स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)