सुनसरीमा प्रहरी र डाँकाबीच गोली हानाहान, एक भारतीय डाँकाको मृत्यु :: Pahilopost.com

इनरुवाः सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गएराति मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार/पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी

सम्बन्धित सामग्री

प्रहरीको गोली लागेर भारतीय नागरिकको मृत्यु

बारा : प्रहरीको गोली लागेर बारामा एकजनाको मृत्यु भएको छ। तस्कर र प्रहरीबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको प्रहरीले बताएको छ।बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचनाको आधारमा त्यसतर्फ गएको प्रहरी टोली र तस्करबीच सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले बताए।गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि नाम नखुलेका एक

बारामा गाँजा तस्कर र प्रहरी बिच गोली हानाहान

गाँजा तस्कर र प्रहरी बिच बुधबार राती सिम्रौनगढ नगरपालिका २ महुवाहीमा गोली हानाहान भएको छ। प्रहरीको गोलीबाट एकजना गाँजा तस्करको मृत्यु भएको छ भने एकजना भारतीय नागरिक पक्राउ परेको बारा प्रहरीले जनाएको छ।...

पानामाको नाइट क्लबमा गोली चल्दा पाँच जनाको मृत्यु

पानामा सिटीको एक नाइटक्लबमा स्थानीय गिरोहहरूबीच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। पानामाका राष्ट्रिय प्रहरी आयुक्त रिकोर्टे डे ला एस्पाडाले ट्वीटरमा...

भारत : असम र मिजोरमका प्रहरीबीच गोली हानाहान हुँदा मर्नेको संख्या ७ पुग्यो

भारतको पूर्वोत्तरमा रहेका राज्यहरू असम र मिजोरमका प्रहरी बलबीच यसै साता भएको गोली हानाहानमा परी मर्ने प्रहरीको संख्या सात पुगेको छ ।  यी दुई राज्यको सीमाका विषयमा विवाद छ र त्यसैक्रममा गोली हानाहान भएको हो ।  छैटौं असम प्रहरी बटालियनका श्यामप्रसाद दुसात पेटमा गोली लागेर भएको घाउका कारण सिलचार मेडिकल कलेज हस्पिटलमा बितेको असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले ट्वीट लेखेर बताए ।  सोमवार भएको हिंस्रक भिडन्तमा पाँचजना प्रहरी र एक सर्वसाधारणको मृत्यु भएको थियो ।  कचारका एसपी सहित ५० अन्य घट...

असाम र मिजोरम राज्यका प्रहरीबीच गोली हानाहान

एजेन्सी। भारतको असाम र मिजोरम राज्यका प्रहरीबीच गोली हानाहान हुँदा पाँच जना प्रहरीको मृत्यु भएको छ। उत्तर पूर्व भारतको मिजोरम र असाम राज्यको सीमा क्षेत्रमा उक्त घटना भएको हो। बिबिसीका अनुसार मृत्यु भएका पाँचै जना प्रहरी असाम राज्यका हुन । दुवै राज्यमा महिनौँ देखिको सीमा विवादपछि उक्त घटना घटेको हो ।

प्रहरी र तस्करबीच गोली हानाहान, कम्तीमा २५ को मृत्यु

रियो दी जेनेरो । ब्राजिलको रियो दी जेनेरोमा बिहीबार प्रहरी र लागूपदार्थका शंकास्पद तस्करबीच गोली हानाहान हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । प्रहरीका अनुसार गोली लागेर एक जना प्रहरी अधिकृतको ज्यान गएको छ । मृत्यु हुने अन्यहरुमा आपराधिक समूहका सदस्यहरु रहेको प्रहरीको भनाई छ । उक्त […]

ब्राजिलमा तस्कर र प्रहरीबीच गोली हानाहान २५ जनाको मृत्यु

काठमाडौं : ब्राजिलमा प्रहरी अप्रेशनका क्रममा भएको गोली हानाहानमा एक सुरक्षाकर्मीसहित २५ जनाको मृत्यु भएको छ। राजधानी रियो दि जेनेरियोमा भएको गोली काण्डमा परेर एक प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ।गोली हानहानमा मेट्रो रेलमा सवार दुई यात्रु समेत घाइते भएका छन्।लागुऔषध तस्करहरुले आफ्नो गिरोहमा बालबालिकाको प्रयोग गरिरहेको गुप्तचर निकायको सूचनापछि प्रहरीले त्यहाँ कारबाही गरेको थियो। त्यसपछि गोली हानाहान भएको थियो।

ब्राजिलमा प्रहरी अप्रेशनका क्रममा गोली हानाहान, २५ जनाको मृत्यु

एजेन्सी । ब्राजिलमा प्रहरी अप्रेशनका दौरानमा भएको गोली हानाहानमा परेर २५ जनाको मृत्यु भएको छ । स्थानीय मिडियाहरुलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार ब्राजिलको राजधानी रियो दि जेनेरियोमा बिहीबार भएको सो गोली काण्डमा परेर एक प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको हो । रियो दि जेनेरियो शहरको जकारेजिन्हो क्षेत्रस्थित झुग्गी बस्तीमा भएको प्रहरी अप्रेशनका क्रममा सो घटना भएको थियो । सो क्षेत्रमा २ सयभन्दा बढी प्रहरी परिचालन गरी अप्रशेन सुरु गरिएको थियो ।गोली हानहानका क्रममा मेट्रो रेलमा सवार द

कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान, एकको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा एक जना प्रहरी घाइते भएका छन् । बेलौरी नगरपालिका–७ पौलाहास्थित नेपाल–भारत सीमा नजिकै भएको दोहोरो भिडन्तमा एक जनाको मृत्यु भएको कञ्चनपुर प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभएको छ । मृतकको परिचय खुलेको छैन । मृतकको शव बेलौरी प्राथमिक अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार गस्तीमा रहेको प्रहरीमाथि भारतीय तस्करले गोली प्रहार गरेका थिए । त्यस पछि प्रतिरक्षा गर्न नेपाली पक्षले पनि जवाफी गोली प्रहार गर्दा भारतीय तस्करको मृत्यु भएको हो । चार जनाको समूहमा आएका भारतीय तस्करले गस्तीमा रहेको प्रहरी टोलीमाथी गोली प्रहार गरेको थियो ।

कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एकको मृत्यु

कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान भएको छ। दोहोरो फायरिङ हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकै दोहोरो भिडन्त भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। गस्तीमा गएका  प्रहरीलाई तस्करले फायर गरेपछि जवाफी फायर गर्दा सो घटना हुन पुगेको थियो ।