संवैधानिक परिषदद्वारा सबै संवैधानिक निकायहरूमा पदाधिकारी र सदस्य सिफारिस

काठमाडौं। संवैधानिक परिषदले रिक्त रहेका सबै संवैधानिक निकायहरुमा पदपूर्ति गरेको छ। परिषदको बैठक हिजो बिहान बालुवाटारमा बसेको थियो। लोकसेवा आयोगको अध्यक्षमा माधव रेग्मी, अख्तियार दुरुपयोग अनुसन्धान अयोगका आयुक्तमा डा.हरि पौडेल र सुमित्रा अमात्य, निर्वाचन आयोगको आयुक्तमा सगुन शमसेर जबरा, राष्ट्रिय समावेशी आयोगमा डा.रामकृष्ण तिमिल्सिनालाई सिफारिस गरिएको छ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महिला आयोग, दलित आयोगमा सदस्यहरुलाई सिफारिस गरिएको हो।

सम्बन्धित सामग्री

निर्वाचन आचारसंहिता : सामाजिक सञ्जाल प्रयोग गर्दा यी कुरामा ध्यान दिऔँ

पर्वत : आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि गत असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनको लागि गत भदौ १३ गते नेपाल राजपत्रमा प्रकाशित आचारसंहिता कार्यान्वयनमा आएको हो।आचारसंहिता कुन कुन पक्षले के के कुराको पालना गर्नुपर्ने भन्ने कुराहरू उल्लेख गरिएका छन्। निर्वाचन आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र ती निकायका पदाधिकारी, नेपाल सरकार

आचारसंहिता विपरित माओवादीको चुनावी प्रचार पोस्टरमा कुलमान घिसिङको तस्बिर

काठमाडौँ – नेकपा माओवादी केन्द्रले चुनावी आचारसंहिता विपरित आफ्नो चुनावी पोस्टरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर प्रयोग गरेको छ । स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते हुँदैछ । निर्वाचन आचारसंहिताको ६ को ‘क’ मा ‘संवैधानिक निकाय तथा सोका पदाधिकारी, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक […]

आचारसंहिता विपरित कुलमान घिसिङ माओवादीलाई भोट माग्दै !

नेकपा माओवादी केन्द्रले निर्वाचन आचारसंहिता विपरित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेर निर्वाचनको प्रचार थालेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले नै बुधबार बिहान ८ बजेर २६ मिनेटमा आफ्नो फेरिफाईड फेसबुक पेजमा कुलमान सहितको फोटो राखेर माओवादी केन्द्रलाई भोट दिन अपिल गरेका छन्।फोटोमा अध्यक्ष प्रचण्ड, मन्त्री जनार्दन शर्मा, र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो छ । अध्यारोबाट उज्यालोको यात्रा भन्दै फोटोमा माओवादी केन्द्रलाई भोट गर्न आग्रह गरिएको छ । तर यो निर्वाचन आचारसंहिता विपरित छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहितामा संवैधानिक निकाय तथा सोका पदाधिकारी, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने उल्लेख छ। विद्युत प्राधिकरण पनि सरकारी निकाय हो र कुलमान पनि त्यस निकायको कर्मचारी हुन् । तसर्थ कुनै पार्टीको लागि भोट माग्न कुलमान संलग्न हुन पाउदैनन् । सोहि कारण कुलमान सहितको फोटो राखेर प्रचार गर्नु आचारसंहिता विपरित हुन जान्छ । केहि दिन अघि मात्र निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लघन गरेको भन्दै माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीलाई स्पष्टीकरण सोधेको थियो ।