७ असार, जनकपुरधाम। धनुषाको मिथिला नगरपालिका ७ स्थित ढल्केवरको एक इनारभित्र पुरुषको शव भेटिएको छ । ढल्केवरको दक्षिणवारीचोक स्थित एभरेष्ट आयलको छेउमा रहेको इनारमा अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सविन राईले जानकारी दिए। प्रहरी निरीक्षक राईका अनुसार मृतकको पहिचान नखुलेको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। […]