काठमाण्डौ – नेपाल वायु सेवा निगमले विमानको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।
यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न र अलपत्र परेका यात्रुलाई भोलि शनिवारभित्रै गन्तव्यमा पुर्याउन प्राधिकरणले आज शुक्रवार निगमलाई निर्देशन दिएको हो ।
निगमको हिजो बिहीवारको दुई वटा उडानमा सिट क्षमताभन्दा बढी टिकट काटिएका कारण विमानस्थलमा पुगेका यात्रुलाई फर्काइएको थियो । टिकट काटेर विमानस्थल पुगेका यात्रुलाई...