काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायीरूपमा बसोबास गर्ने तेस्रो लिङ्गीलाई मासिक पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । तारकेश्वरले तेस्रो लिङ्गी भनेर कानुनसम्मत पहिचान भएका स्थायी नगरवासीलाई प्रोत्साहनस्वरूप आर्थिक वर्ष २०८१–८२ देखि मासिक पाँच हजार रुपैयाँ प्रदान गर्न लागेको हो । नगरपालिकाका मेयर कृष्णहरि महर्जनले संविधानले गरेको परिकल्पनाअनुसार तेस्रो लिङ्गी समुदायलाई प्रोत्साहन […]