काठमाण्डाै - धनगढीमा आउँदो १० गतेदेखि विश्व नेपाली नारी साहित्य सम्मेलन हुनेभएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा १० गतेदेखि १३ गतेसम्म सम्मेलन हुने भएको हो ।
विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमारलगायतका देशबाट गरी दुई सयभन्दा बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले जानकारी दिनुभयो ।
समारोहमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई एक लाख ११ हजार राशिको बद्रि–कृष्णा वाङ्मय पुरस्कारद्वारा सम्मान गरिने छ । सम्...