पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा फेन्सिङतर्फका खेलहरू शुक्रबार सम्पन्न भएका छन्। पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा फेन्सिङतर्फको अन्तिम इभेन्टका रुपमा पुरुष टिम इपीमा आर्मीले एपिएफलाई पराजित गर्दै स्वर्ण हात पार्यो।आर्मीले दबाब बनाएको खेलमा एपिएफलाई ४५–२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो। फेन्सिङमा आर्मीको यो ५ औ स्वर्ण हो। उपविजेता बनेको एपिएफले रजत पदक जित्यो। गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदक हात पारे।फेन्सिङतर्फ ६ खेलका १२ इभेन्टमा १२ स्व