जातीय पहिचान संरक्षणका लागि दोलखामा ४ ओटा संग्रहालय निर्माण

  माघ ८,दोलखा । जिल्लाकोे तामाकोशी गाउँपालिकामा चार ओटा जातीय संग्रहालयको निर्माण गरिएको छ । गाउँपालिकाका चार ओटा वडाहरुमा जातीय पहिचान संरक्षणको लागि  संग्रहालयहरुको निर्माण गरिएको हो ।गाउँपालिकाको लगानीमा वडा नम्वर १ भिरकोटमा माझी संग्रहालय, वडा नम्वर ४ मालुमा जनजाती संग्रहालय, वडा नम्वर ७ हाँबा देउरालीमा सुनुवार संग्रहालयका लागि पक्की भवन निर्माण सम्पन्न भइसकेको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले आर्थिक अभियानलाई  जानकारी दिए । तीन ओटा संग्रहालय भवनको निर्माण भइसकेकोे तथा वडा नम्वर २ झुलेमा निर्माणाधिन तामाङ संग्रहालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष पोखरेलको भनाइ छ । वडा नम्वर २ झुलेमा निर्माणाधीन तामाङ संग्रहालय ठेकेदारमार्फत निर्माण भइरहेको छ भने बाँकी तनि ओटा संग्रहालयहरु उपभोक्ता समितिमार्फत निर्माण भएको तामाकोशी गाउँपालिकाले बताएको छ ।  गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि आएपछि विभिन्न आर्थिक वर्षमा माझी संग्रहालयकालागि २६ लाख ३२ हजार रुपैयाँ, जनजाती संग्रहालयकालागि १४ लाख रुपैयाँ, सुनुवार संग्रहालयकालागि २७ लाख ६५ हजार रुपैयाँ तथा तामाङ संग्रहालयको लागि ३२ लाख ९४ हजार रुपैयाँ तामाकोशी गाउँपालिकाले खर्च गरेको गाउँपालिकाका ईञ्जिनीयर सुवोध चापागाइँले जानकारी दिए ।  वडा नम्वर १  भिरकोटको माझी संग्रहालय निर्माणकालागि गाउँपालिकाले जग्गा खरीद गरेको, वडा नम्वर ४ मा रहको जनजाति संग्रहालय भने एक क्लवको जग्गामा निर्माण गरिएको छ । यस्तै वडा नम्वर ७ को हावामा निर्माण भएको  सुनुवार संग्रहालय तथा वडा नम्वर २ झुलेमा निर्माणाधीन तामाङ संग्रहालयकालागि व्यक्तिले जग्गा दान दिएको गाउँपालिकाले बताएको छ । संग्रहालयको रेखदेख तथा व्यवस्थापनकालागि स्थानीय स्तरमै संग्रहालय सञ्चालन तथा व्यवस्थापन समिति गठन गरी सञ्चालनको जिम्मा दिइने अध्यक्ष पोखरेलले बताए । नयाँ पुस्ताले पुराना कुरा भुल्दै जाने सम्भावना देखिएकोले जातीय पहिचान तथा संस्कृति संरक्षणकालागि संग्रहालय उपयुक्त हुने देखिएकोले गाउँपालिकाले लगानी गरेको उनको भनाइ छ ।  जातीय पहिचान तथा जातीय संस्कृति संरक्षण तथा जातीय संस्कृतिको अध्ययन गर्ने हरुकालागि  संग्रहालयले विशेष महत्व राख्ने  वडा नम्वर ७  हाँबा देउरालीमा रहेको  सनुवार संग्रहाल निर्माण कालागि जग्गा दिने जग्गा दाता  भवानी सुनुवारले बताए । दोलखाको हाँबा तथा यस आसपासका रामेछाप जिल्लाका भागहरुनैं सुनुवार जातिको उद्गम स्थल भएकोले देशका विभिन्न भागमा छरिएर रहेका सुनुवारहरुले पनि संग्रहालय निर्माण पछि सुनुवार संस्कृतिको संरक्षणमा चासो देखाउँदै सम्पर्क गरिरहेको उनको भनाइ छ ।

सम्बन्धित सामग्री

गाउँशहर थुम्काडाँडामा ३८ लाखको लागतमा शिल्पी संग्रहालय निर्माण

लमजुङ। लमजुङको पर्यटकीय गाउँशहरस्थित थुम्काडाँडामा निर्माण सम्पन्न जातीय पहिचान सहितको पुरातात्त्विक शिल्पी सङ्ग्रहालयको औपचारिक उद्घाटन भएको छ । बेसीशहर नगरपालिका ३ मा पर्ने सो संग्राहलय निर्माण सम्पन्न भएसँगै एक औपचारिक कार्यक्रमकाबीच शनिवार उद्घाटन भएको हो । बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले सङ्ग्रहालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि अर्यालले सबै जातिहरुले […]

तामाकोसीमा नेवार संग्रहालय

दोलखाको तामाकोसी गाउँपालिका–४ मा नेवार समुदायको बस्तीमा नेवार संग्रहालय निर्माण भएको छ । जातीय पहिचान संरक्षणका लागि संग्रहालयको निर्माण भएको हो ।नेवारहरूको बसोबास रहेको मालु गहते, फेदी, तिलार र मालु खोलामा रहेको छ । ती बस्तीमा एक सयभन्दा बढी घरधुरी छन् । नेवारहरूको संस्कृति, भेषभुषा, बाजागाजा लोप हुन लागेपछि पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणका लागि […]