नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकार विकासबाट पछाडि हटेको बताएका छन् ।
अघिल्लो सरकार अघि सारेका योजना र विकासमा कैँची चलाएर सरकार पछाडि फर्किने काम गरेको आरोप लगाए ।
रूपन्देही उद्योग संघको ४३ औं साधारणसभा तथा २२ औं अधिवेशनको शनिवार बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले विकासका आयोजनाको कार्यान्वयनमा विलम्ब र पछाडि फर्किने काम नगर्न सरकारलाई आग्रह समेत गरे ।
‘सरकार विकासमा ‘ब्याक गियर’ लगाउँदै छ । भैरहवाको गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको काम पनि र...