लुम्बीनीका मुख्यमन्त्री गिरीको शपथ आज १ बजे

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दैछन्। बुधबार मुख्यमन्त्री नियक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउने कार्यक्रम छ। प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ बजे सपथग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ। एमाले प्रदेश संसदीय दलका नेता गिरी बुधबार […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले लिए शपथ

धनगढी : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शपथ लिएका छन्। प्रदेश प्रमुख देवराज जोशीले बिहीबार मुख्यमन्त्री रावललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।विना विभागीय मन्त्रीद्वय नेकपा माओवादी केन्द्रका खगराज भट्ट र नेकपा एमालेकी सन्तोष शर्मा थापाले पनि शपथ लिएका छन्। माओवादी संसदीय दलका नेतासमेत रहेका भट्ट डडेल्धुराबाट निर्वाचित हुन् भने सन्तोष समानुपातिक सांसद हुन्।मुख्यमन्त्री रावलले खगराज र सन्तोषलाई शपथ गराएका हुन्। उनीहरूको मन्त्रालय तोकिएको छैन।&

लुम्बिनीका मुख्यमन्त्री गिरीसँगै दुई मन्त्रीद्वारा शपथ

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकामा पुगेर मुख्यमन्त्री गिरीलाई शपथ गराएका हुन् । बुधबार संविधानको दफा १६८ (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री गिरीले आज देउखुरी उपत्यकामा बनेको नवनिर्मित प्रदेशसभा भवन अगाडि आयोजित विशेष कार्यक्रममा शपथ लिएका हुन् । मुख्यमन्त्रीको […]

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराज जम्मकट्टेलले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।

मुख्यमन्त्री कार्कीद्वारा शपथ

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई संविधानको धारा, १६८ को उपधारा २ बमोजिम पद तथा गोपनीयताको शपथ गराए । यसैगरी, संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम प्रदेश प्रमुखले कार्यविभाजनपछि हुने गरी […]

प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए शपथ

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । नवनियुक्त मुख्यमन्त्री कार्कीले सोमबार नै

प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए शपथ

मोरङ – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई सोमबार शपथ गराएका हुन्। यस्तै, एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाकी निर्मला लिम्बुलाई पछि जिम्मेवारी दिने गरी बिना विभागीय मन्त्री बनाइएको छ।

प्रदेश १ का मुख्यमन्त्री कार्कीको शपथ आज

२५ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । उनको शपथ आज दिउँसोका लागि राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने छन् । एमाले, राप्रपा र माओवादी केन्द्रबाट १–१ जना मन्त्री नियुक्त गर्ने सम्भावना छ । ६० […]

बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डे मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । गठबन्धनका समर्थनमा पाण्डे मुख्यमन्त्री बन्नुभएको हो । पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १र१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । पाण्डे …

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बिहीबार अपरान्ह ३ : ३० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेसँग काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका छन् ।   मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।प्रदेश सभामा न

मुख्यमन्त्री पाेखरेलद्वारा शपथ ग्रहण !

रुपन्देही – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शङ्कर पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री पाेखरेललाई आइतवार राति प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएको हो ।आइतवार बिहानमात्रै पाेखरेलले राजीनामा दिनुभएकाे थियाे । उहाँले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल बहुमत सरकार गठन गर्ने भन्दै राजीनामा दिनुभएकाे थियाे । प्रदेशका मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिपछि विपक्षी गठबन्धनका प्रदेश सभा सदस्य ...