जनकपुरधाम जलमग्न, व्यापार व्यवसाय चौपट

जनकपुर। दुई दिनदेखिको वर्षाका कारण जनकपुरधाम जलमग्न भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर डुबानमा परेका छन् । पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै जलमग्न भएको उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जानकारी दिए । अधिकांश घरमा पानी पसेपछि स्थानीयवासी समस्यामा परेका छन् । पानी निकासको समस्या समाधान नहुँदा बर्सेनि डुबानको समस्या हुने […]

सम्बन्धित सामग्री

सुनसान हुम्लाको हिल्सा नाका, व्यापार व्यवसाय ठप्प

हुम्ला । चीनको स्वसासीत क्षेत्र तिब्बतसँग जोडिएको हुम्ला जिल्लाको एक मात्र व्यापारिक नाका हिल्सा यतिखेर सुनसान भएको छ । यस जिल्लाका व्यपारिकसहित स्थानीयवासी चिसोको कारण उक्त नाकामा बस्न छोडेपछि व्यपार व्यवसाय ठप्प भएको स्थानीय पासाङ तामाङले बताए । हाल उक्त नाकामा बिओपीका जवान नाका प्रहरी चौकीका जवान र घर कुरुवाहरुसहित २२ जना मात्र बसोबास गर्दै […] The post सुनसान हुम्लाको हिल्सा नाका, व्यापार व्यवसाय ठप्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हिल्सा नाकामा व्यापार व्यवसाय सहज नभएको व्यवसायीको गुनासो

सिमकोट – नेपाल र चीनको सिमाना रहेको हिल्सामा व्यापार व्यवसाय गर्दै आएका नेपालीले व्यापार व्यवसाय सहज नभएको गुनासो गरेका छन्। चीनले दुईतर्फी नाका सञ्चालनमा ल्याए पनि नेपाली सामान लिन नदिने र चीनबाट पनि सीमित सामान मात्र ल्याउन दिने गरेको बताउँदै व्यापारीले यस्तो गुनासो गरेका हुन्। हिल्साका व्यापारी कार्मा तण्डुप लामाले नाका सञ्चालनमा आएपछि व्यापार व्यवसाय […]

जुम्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिए पनि विद्युतको समस्या उस्तै

नियमित विद्युत् आपूर्ति नहुँदा विद्यार्थीजस्तै साना उद्योग–कलकारखाना, व्यापार–व्यवसाय गर्नेहरू पनि मारमा परेका छन्।...

भक्तपुरमा सडक पेटी कब्जा गरेर राखिएका माेटरसाइकलसहितका सामग्री जफत

भक्तपुर नगरपालिकाले सडक पेटी कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीको सामान र मोटसाइकल जफत गरेको छ ।

फागुन दोस्रो साता धरान एक्स्पो

आर्थिक गतिविधि बढाउने तथा व्यापार व्यवसाय विस्तार गर्ने उद्देश्यले फागुन दोस्रो साता धरान एक्स्पो हुने भएको छ।...

चुनावले चहलपहल घट्दा काठमाडौंका धेरै व्यापार-व्यवसाय ठप्प

२९, वैशाख, काठमाडौं । चुनावका कारण ठूलो संख्या मतदाता बाहिरिएपछि बिहीबार काठमाडौं सुनसानजस्तै बन्यो । मानवीय चहलपहल घटेपछि धेरैजसो साना तथा ठूला व्यापार व्यवसाय पनि ठप्प बनेको व्यपारीहरुले बताएका छन् । लत्ता कपडा, सुन चाँदी, खाद्यान्न, तरकारी र सौन्दर्य सामग्रीको व्यापार प्राय ठप्प भएको व्यवसायीहरुको भनाइ छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार उपत्यकाको […]

राजनीतिलाई व्यापार-व्यवसाय बनाए, पद र अवसरका लागि हारालुछ छः चित्रबहादुर केसी

काठमाडौं, १८ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई देश र जनताको सेवाका निम्तिभन्दा पनि व्यवसाय बनाइएकाले पद र अवसरका निम्ति हारालुछ भएको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “अहिले राजनीतिमा सिद्धान्त र नैतिकताले काम गर्दैन । देश र […]

बुढेसकालको व्यवसायले धानेको गुजारा

चाहे सानो कर्म होस् वा ठूलो । कर्मको सम्मान गर्नैपर्छ । तर, यस्ता कर्महरू हुन्छन् जुन व्यावसायिक दुनियाँमा निकै नै फलदायी हुन्छन्, त्यो हो— व्यापार–व्यवसाय । व्यापार–व्यवसाय पनि धेरै प्रकारका हुन्छन्, कुनै ठूला व्यवसाय हुन्छन् त कुनै साना । आज म यस्तो व्यवसायको विषयमा लेख्दै छु, जसले बुढेसकालमा पनि वर्षौंदेखिको व्यवसायले उनीहरूको पारिवारिक गुजारा चलेको […]

निषेधाज्ञापछिको पोखरा : चहलपहल बढ्यो, बढेन व्यापार व्यवसाय

कास्की । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सरकारले लगाएको निषेधाज्ञा खुलेसँगै पोखराका बजारमा चहलपहल बढेको छ । तर, व्यापारिक कारोबार भने नबढेको गुनासो व्यवसायीले गरेका छन् । सर्वसाधारणको बढ्दो आगमनले केही उत्साहित बनाए पनि व्यवसायमा खासै सुधार नभएको पोखराको पृथ्वीचोकस्थिते ‘अर्चना एन्ड फ्रेन्ड्ली कलेक्सन’का सञ्चालक किरण बञ्जाराले बताए । ‘बजारमा आवतजावत गर्नेहरू बढेका छन्, तर सामान खरीद गर्न नै आउनेहरू निकै थोरै छन्,’ उनले भने, ‘कपडा पसल मात्र होइन, भाँडाकुडा, मोबाइल, होटल÷रेष्टुराँ लगायत कुनै पनि पसल, व्यवसायमा ग्राहक कम देखिएका छन् ।’ २० वर्षदेखि पृथ्वीचोकमा फेन्सी व्यवसाय गर्दै आएका बञ्जाराले कोरोना संक्रमणका कारण सर्वसाधारको आम्दानीको स्रोत गुमेकाले व्यवसाय चलायमान हुन नसकेको बताए । ‘मानिसको क्रयशक्तिमा ह्रास आएकाले त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिएको हो,’ उनले भने, ‘बजार चलायमान हुन सर्वसाधारणको आम्दानीको स्रोत पनि दिगो र नियमित हुनुपर्छ ।’ पोखरा पृथ्वीचोककै अर्का व्यवसायी विजय पाठकको अनुभव पनि बञ्जाराको जस्तै छ । ५ महीनापछि निषेधाज्ञा खुलेर बजारमा मानिसको चहलपहल बढे पनि व्यवसाय मन्दीमै रहेको उनले बताए । ‘कोरोना महामारीका हजारौंले रोजगारी गुमाए, आयस्रोत बन्द भयो,’ उनले भने, ‘त्यो अवस्था अझै सहज बनिनसकेकाले बजारमा किनमेल गर्ने ग्राहक घटेका हुन् ।’ अहिले पसलमा फाटफुट्ट मात्रै ग्राहक आएको उनले बताए । कोरोनाका कारण मानिसको किनमेल गर्ने शैलीमा समेत परिवर्तन आएको बुझाइ उनको छ । पछिल्लो समय अनलाइमार्फत किनमेल गर्नेहरू बढेकाले पनि पसल नै चहारेर किन्नेहरू घटेको हुन सक्ने उनको भनाइ छ । यस्तै बजारमा चहलपहल बढ्दा समेत फलफूल किन्ने ग्राहक घटेको ‘पोखरेल फलफूल पसल’का सञ्चालक रोमप्रसाद पोखरेलले बताए । फलफूल व्यवसाय कोरोना संक्रमणअघिको अवस्थामा पुगिनसकेको उनको भनाइ छ । ‘बजारमा मानिसको चहलपहल निकै बढेको छ,’ उनले भने, ‘तर तुलनात्मक रूपमा कारोबार भने निकै कम छ ।’ एक दशकदेखि फलफूल व्यवसाय गर्दै आएका पोखरेलले कोरोना महामारी हटेर अवस्था सामान्य नबनेसम्म व्यवसाय पुरानै लयमा फर्किन नसक्ने बताए । ‘मौसम अनुसारका फलफूल मण्डीबाट ल्याएर राख्छु, तर फलफूल किन्ने ग्राहक नआउँदा कयौंपटक फाल्नुपरेको छ,’ उनले भने । पृथ्वीचोकमै खाद्यान्नको व्यापार गर्ने केदार श्रेष्ठ पनि व्यापारमा उत्साह नदेखिएको बताउँछन् । ‘मानिसको चहलपहल निकै बढेको छ, तर किनमेल गरेको देखिँदैन,’ उनले भने । यद्यपि पछिल्लो समय कोभिड संक्रमण घट्दै गएको, खोप लगाउनेहरू बढेको र ठूला चाडपर्व समेत नजिकिएकाले व्यापार व्यवसाय बढ्ने आशा गरेको उनले बताए ।

बैंक सञ्चालकको माग : करमा छुट चाहियो

२० पुस, काठमाडौं । कोरोनाको जोखिम रोक्न सरकारले लामो समय गरेको लकडाउनका कारण धेरै व्यापार व्यवसाय रोकिए । व्यापार व्यवसाय बन्द हुँदा त्यसको असर बैंकसम्म पर्यो । अझै पनि बैंकहरुले कर्जा लगानी पर्याप्त गर्न पाएका छैनन् । जसको असर बजारमा करिब २ खर्ब रुपैयाँ लगानी योग्य रकम थुप्रिएको छ । साउन पछि क्रमिक रुपले कर्जाको […]