काठमाडौं : प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता र समावेशिता मन नपरेको बताएका छन्। काठमाडौंमा जनता समाजवादी पार्टीले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता पुनले प्रधानमन्त्री ओलीलाई संघीयता र समावेशिता मन नपरेकाले नै संसद विघटन गरेको दाबी गरे।‘पार्टीभित्र अन्तर्विरोध थियो। तर, प्रधानमन्त्रीले संसद नै विघटन गर्नुपर्ने अवस्था थिएन। उहाँलाई संघीयता मन नपरेको कारणले असफल बनाउनक