विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले अहिलेको प्राथमिकता संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा रहेको बताएका छन्। विराटनगरमा मुख्यमन्त्रीको शपथग्रहणपछि मुख्यमन्त्री आचार्यले स्थिरता कायम राख्ने विषयलाई आफूले प्राथमिकतामा राख्ने बताए। नयाँ मन्त्रीमण्डलका सन्दर्भमा छलफल भइरहेको बताएका आचार्यले सकेसम्म छिटो मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए। पार्टी एकता जोगाउनका लागि र आगामी दिनमा कुनै समस्या नदेखियोस् भन्नका […]