सिराहाको धनगढीमाई नगरपालिका– १३ मा रहेको मुसहर बस्तीका शीतलहर र चिसोले प्रभावित दलित समुदायका सुत्केरी महिलालाई वडा कार्यालयले एक सहयोगी संस्थाको सहकार्यमा बर्को, न्यानो कम्बल र जुत्तासहित शिशुलाई न्यानो कपडा...
महोत्तरी । पुस अन्त्यतिर मधेसमा चिसो बढ्दो छ । मधेसका जिल्लामा घाम देखिँदा हर्षबढाइ हुन्छ । बाक्लो हुस्सुले डम्म ढाकेर चिसो स्याँठ चलिरहँदा सर्वसाधारण काममा निस्कन सकेका छैनन् । पछिल्लो साता बढेको चिसोकै कारण महोत्तरीका विद्यालयमा जाडो बिदा दिइएको छ । माघेसङ्क्रान्ति पर्व नजिकिए पनि हाटबजारमा चहलपहल घटेको छ । चिसोले सबै क्षेत्रलाई प्रभाव पारे […]
रौतहट : कठ्यांग्रिँदो चिसोका कारण रोतहटको दलित बस्तीका बासिन्दाको बिजोग भएको छ।कठ्यांग्रिने चिसोमा रौतहटको दलित बस्तीका बासिन्दा पराल ओछ्याएर सुत्न बाध्य छन्। चन्द्रपुर नगरपालिका वडा नं ९ डुमरियामा रहेका करिब ९५ घर मुसहर बस्तीका बासिन्दा न्याना ओढ्ने ओछ्याउने नहुँदा पराल ओछ्याएर सुत्न बाध्य भएका हुन्। दिनभरि ज्याला मजदुरी गरेर दुई छाकको जोहो गर्ने दलित बस्तीका बासिन्दा चिसोका कारण काममा जानसमेत नसकेको बताउँछन्।सरकारले जनता आवास कार्यक्रमअन्तर्गत बनाइदिएको पक्कीघरसमेत गुणस्तरहीन भएकाले&
यसपालि लाग्दो पुसमै चिसो निकै छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर तेस्रो साता अन्त्य हुनासाथै चिसो निकै बढेको हो । विगत वर्षहरूमा मध्य पुसदेखि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर चौथो साता सुरु भएसँगै बढेको हो । पछिल्ला १० दिनयता एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो सिरेटो चल्ने क्रम नरोकिँदा गरिब बस्तीमा लाग्दो पुसमै बिचल्ली देखिँदो छ ।चिसोको कहरले सबै क्षेत्रलाई प्रभाव पारे पनि यहाँका गरिब दलित बस्तीको अवस्था नाजुक बनेको छ । पराले झुप्राका गुजुमुज्ज बस्
मुगु । मुगु जिल्लाको उच्च करानी भेग क्षेत्रको मुगुम गाउँको बस्ती हिमपात तथा चिसोका कारण शून्य भएको छ । कात्तिकबाट हिमपात भई चिसो बढेपछि गाउँका मानिस औल क्षेत्रमा झर्ने गरेका छन् । अहिले गाउँमा वद्धवृद्धा तथा दलित मात्र रहेका छन् । धेरै चिसो हुने भएकाले गाउँ नै छोडेर धेरै मानिस तल्लो भेग सरेको र पूजापाठका […]
तराईमा चिसोको कहर सुरु भएको छ । चिसोले सिरहाका विशेष गरी सुकुम्बासी दलित बस्तीका वृद्धवृद्धा, बालबालिका प्रभावित भएका छन् । न्यानो लुगा अभावमा बर्सेनि ती बस्तीका सर्वसाधारणले ज्यान गुमाउनुपरेको छ ।
सर्लाही : कठ्यांग्रिदो चिसोले सर्लाहीको जनजीवन अत्यन्त कष्टकर बनेको छ।बाक्लो हुस्सु र चिसो हावासँगै शुरु भएको शीतलहरका कारण सर्लाहीको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको हो।मौसम बदली भई अचानक बढेको कठ्यांग्रिदो चिसोले विशेष गरी न्यानो कपडा नभएका विपन्न, दलित र सुकुम्बासी परिवार बढी प्रभावित भएका छन्।शरीर ढाक्ने न्यानो कपडा र रातिका लागि ताता ओढ्ने–ओछ्याउने नभएका परिवार चिसोमा कठ्याङ्ग्रिएरै बस्न बाध्य भएका हुन्।यसैगरि चौपाया र पशुपक्षी पनि चिसोले नराम्ररी प्रभावित भएका छन्।बिहान&nbs
सर्लाही । सर्लाहीमा आज बाट बाक्लो हुसु तथा सित लहर सुरु भएको छ । मध्य पुसबाट बढेको चिसोले न्यानो कपडा र ओढ्नेओछ्याउने नभएका अतिविपन्न, मुसहर, डोम, चमार लगायतका पिछडिएको दलित परिवार सबैभन्दा बढी प्रभावित भएका छन् । ज्याला मजदुरी गरेर खानेसँग शरीर ढाक्ने न्यानो कपडा र राती सुत्दा ओढ्ने ओछ्याउने नरहेको बताउछन । कठ्याङ्ग्रिदो जाडो […]
सर्लाही : एक सातादेखिको बढेको कठ्यांग्रिदो चिसोले सर्लाहीको जनजीवन कष्टकर बन्दै गएको छ। बाक्लो हुस्सु र चिसो हावासँगै सुरु भएको शीतलहरका कारण जनजीवन अत्यन्त कष्टकर बन्दै गएको हो। अचानक बढेको चिसोले विशेष गरी विपन्न, दलित र सुकुम्वासी परिवार बढी प्रभावित भएका छन्। यसै गरी चौपाया र पशुपंक्षी पनि चिसोल…
पछिल्लो तीन दिनदेखि बाक्लो हुस्सु कुहिरो र चिसो हावाले जनजीवन कष्टकर बनेको छ । सप्तरीको ग्रामिण भेगका गरिब, विपन्न एवम् दलित परिवारको जनजीवन सबैभन्दा बढी चिसोले कष्टकर बनेको हो ।