चिसोले विपन्न र दलित परिवार बढी प्रभावित

सर्लाही । सर्लाहीमा आज बाट बाक्लो हुसु तथा सित लहर सुरु भएको छ । मध्य पुसबाट बढेको चिसोले न्यानो कपडा र ओढ्नेओछ्याउने नभएका अतिविपन्न, मुसहर, डोम, चमार लगायतका पिछडिएको दलित परिवार सबैभन्दा बढी प्रभावित भएका छन् । ज्याला मजदुरी गरेर खानेसँग शरीर ढाक्ने न्यानो कपडा र राती सुत्दा ओढ्ने ओछ्याउने नरहेको बताउछन । कठ्याङ्ग्रिदो जाडो […]

सम्बन्धित सामग्री

जनता आवासले ऋणमा

– सन्तोष गौतम म्याग्दी, १२ असार: जनता आवास कार्यक्रममार्फत त्यहाँ घर बनाएकाहरु ऋणमा डुबेका छन् । घर बनाएबापत सरकारले सम्झौता गरेअनुसार अनुदान उपलब्ध नगराएपछि एक सयभन्दा बढी विपन्न दलित परिवार ऋणमा फसेका हुन् । गण्डकी प्रदेश सरकारले बजेट व्यवस्थापन गर्न नसक्दा जनता आवास कार्यक्रममार्फत घर निर्माण गरेका त्यहाँका आवासविहीन विपन्न दलित समुदाय ऋणको भारीले थिचिएका […]

अविरल वर्षाका कारण सरकारी कार्यालयहरु डुबान

आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् ।सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरुले बताएका छन । निरन्तर वर्षा भइरहँदा जिल्लाका विपन्न, सुकुम्वासी र पिछडिएका दलित परिवार प्रभावित भएका छन् । जिल्लाको वाग्मती, लखन्देही, फूलजोर, कालिन्जोर, बाँके, मनुष्मारा, झिमलगायतका खोलामा जल सतह बढेको छ । खोलाले केही ठाउँमा खेतीयोग्य जमीन कटानसमेत शुरु गरेको जिल्लाका किसानहरुले बताएका छन ।

रौतहटका विपन्न समुदायको गुनासो : न झुपडी रह्यो, न त घर नै बन्यो

रौतहट : नयाँ तथा व्यवस्थित घरमा बस्ने सपना देखेका रौतहटका विपन्न परिवार खुला आकाशमुनि बास बस्न बाध्य भएका छन्। रौतहटमा एक हजार विपन्न परिवारको घर बनाउने योजना लिएको जनता आवास कार्यक्रमले उनीहरूको झन् बिचल्ली बनाइदिएको हो। जनता आवास कार्यक्रमले सुरक्षित घर बनाउने भन्दै जिल्लाका करिव एक हजार दलित परिवार बस्दै आएको घर भत्काए...