सत्ता गठबन्धनको तर्फबाट नवलपरासी क्षेत्र नम्बर ०१ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले सुस्तामा हुने बाढी र डुबानको समस्या समाधान गर्न पहल अगाडि बढाएका छन् । चौधरीले नारायणी नदीका कारण प्रत्येक वर्ष सुस्ता, प्रतापपुरलगायत क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधान गर्न पहल अगाडि बढाएका हुन् ।मतदाताले चौधरीसँग नारायणी नदीले हुने बाढी डुबानको दीर्घकालीन समस्या समाधान गर्न माग गरेपछि उनले आफ्नो पहल अगाडि बढाएका हुन् । सो क्षेत्रमा बाढीका कारण करिब १० हजार परिवार पीडित छन् । चौधरीले डुबानको