अवैध भर्चुअल मुद्रा कारोबारको आशंकामा अभिनेत्री प्रियंका कार्कीको मोबाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ । नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गरेको हुनसक्ने आशंकामा अनुसन्धानका लागि कार्कीको मोबाइल नियन्त्रणमा लिइएको बताइएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार कार्कीले अवैध मुद्राको कारोबार गरे नगरेको यकिन भइनसकेकाले अनुसन्धानका लागि मोबाइल नियन्त्रणमा लिइएको छ । ब्यूरोका …