विपक्षी गठबन्धनका विद्यार्थीले देशभर प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानूनी लडाइँ गरिरहेको नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनका विद्यार्थी संगठनले देशभर प्रदर्शन गर्ने भएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं गरी ५ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विद्यार्थी संगठनले राजनीतिक मागसँगै शैक्षिक माग समेत उठाएका छन् । विश्वविद्यालयमा देखिएका परीक्षालगायत शैक्षिक समस्याबारे छलफल गर्न ज्ञापनपत्रसहित उपकूलपतिलाई भेट्ने कार्यक्...

सम्बन्धित सामग्री

विद्यार्थी संगठनले गरे शंख फुकेर सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– विभिन्न पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुले पेट्रोलिय पदार्थको मूल्यबृद्धि, भ्रष्टाचार र कुशासनविरुद्ध राजधानीको माइतिघर मण्डलामा आइतबार दिउँसो संयुक्त रुपमा प्रदर्शन गरेका हुन्। उनीहरुले शंख फुकेर सरकारको विरोध गरेका छन्। साथै उनीहरुले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानकि कदम चालेको भन्दै नारावाजीसमेत गरेका थिए।

विपक्षी गठबन्धन विरुद्ध नेपाल खेलकुद महासंघ (ओली समूह)को प्रदर्शन (तस्बिरसहित)

काठमाडौं । विपक्षी गठबन्धनको विरुद्धमा नेपाल खेलकुद महासंघ (ओली समूह)ले प्रदर्शन गरेको छ ।  विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्रघाति कदमभन्दै नेपाल खेलकुद महासंघ (ओली समूह) ले काठमाडौंको त्रिपुरेश्वरमा सडक प्रदर्शन गरेको हो ।  तस्बिरहरु सुनिल प्रधान

ओली पक्षीयले गरे विपक्षी गठबन्धनको विरोध प्रदर्शन (फोटो फिचर)

काठमाडौं :  केपी शर्मा ओली पक्षीय नेपाल खेलकुद महासंघले आज प्रधानमन्त्री ओलीको समर्थन गर्दै विपक्षी गठबन्धनको विरोधमा दशरथ रंगशाला अगाडि प्रदर्शन गरेको छ।'अघि बढ केपी बा, हामी तिम्रो साथ छौँ', विपक्षी गठबन्धन मुर्दावाद, केपी ओली जिन्दावाद जस्ता नारा लगाउँदै राष्ट्रिय खेलकुद परिषद् बाट सुरु भएको प्रदर्शन दशरथ रंगशाला अगाडी कोण सभामा परिणत भएको थियो।विरोध कार्यक्रममा खेलाडी भन्दा एमाले ओली पक्षका नेता तथा कार्यकर्ताको उपस्थिति बढी थियो।

धनकुटामा दिनहुँ प्रदर्शन, जिल्ला प्रशासन र पाख्रीबास नगरपालिका घेराउ

धनकुटा : धनकुटामा विपक्षी चार दल र नेकपा एमाले दिनहुँ प्रदर्शन गरिरहेका छन्। पाख्रीबास नगरपालिकाको नगरसभामा भएकाे घटना नै प्रदर्शनकाे मुख्य कारण हाे। सत्तापक्ष एमाले र विपक्षी गठबन्धन नारा जुलुससहित दिनहुँ प्रदर्शन गर्दै आएका छन्। एमालेले नगरपालिकामा क्षति पुर्‍याउने १५ जनालाई पक्राउ गर्न दवाव दिन प्रदर्शन गर्दै आएको छ भने विपक्षी गठबन्धनले पक्राउ गरिएकालाई रिहाइ र पक्राउ पुर्जी जारी गरिएकाको मुद्दा फिर्ताको माग राख्दै प्रदर्शन गरेका हुन्। गत असार १० गते नगरसभाम

जिल्ला प्रशासन धनकुटा र पाख्रिबास नगरपालिका घेराउ

धनकुटाको पाख्रीबास नगरपालिकाको नगरसभामा भएको घटनालाई लिएर जिल्लामा दिनहुँ प्रदर्शन हुँदै आएको छ । सत्ता पक्ष एमाले र विपक्षी गठबन्धन नारा जुलुससहित प्रदर्शनमा उत्रिएका हुन् ।

संयुक्त विद्यार्थी संगठनले माइतीघरमा संविधानसहित विरोध प्रदर्शन गर्ने

विपक्षी गठबन्धन सम्बद्ध विद्यार्थी संगठनहरुले राष्ट्रपति र प्रधानमन्त्रीले गरेको संविधानमाथिको अतिक्रमणका विरुद्ध संविधान प्रदर्शन गर्ने भएका छन् । संयुक्त विद्यार्थी संगठनले सोमबार दिउँसो २ बजे काठमाडौंकाे माइतीघर मण्डलामा संविधानसहित विरोध प्रदर्शन गर्ने...

पाँच विद्यार्थी संगठनको प्रदर्शनमा प्रहरीसँग झडप (तस्बिरहरु)

काठमाडौँ– पाँच दलीय विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। राजधानीको मीन भवन, नयाँ बानेश्वर क्षेत्रमा उनीहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच झडपसमेत भएको थियो। मसाल जुलुससहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले बल प्रयोग गरेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो। प्रहरीसँगको झडपमा नेकपा एमाले माधव नेपाल पक्षीय अनेरास्ववियुका महासचिव आरती लामा घाइते […]

प्रतिगमनको विरोधमा विद्यार्थी संगठनहरुले जलाए पुतला (तस्बिरहरु)

काठमाडौँ– प्रतिगमनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाइएको छ। विपक्षी गठबन्धन निकट विभिन्न विद्यार्थी संगठनले काठमाडौँको नयाँ बानेश्वरमा प्रधानमन्त्री ओलीको पुतला जलाएका हुन्। संसद विघटन गरेर प्रतिगामी काम गरेको भन्दै विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सीसमेत भएको थियो। पटक–पटक संसद विघटन गरेर संविधान विरोधि गतिविधि गरेको भन्दै उनीहरुले […]

विपक्षी गठबन्धन सडक संघर्षमा, आज ५ विद्यार्थी संगठनको विरोध प्रदर्शन

न्युज अफ नेपाल ,काठमाडौं । विपक्षी पाँच दलको गठबन्धनले सरकारविरूद्ध सडक संघर्ष तयारी गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार बसेको बैठकले सडक संघर्षमा जाने निर्णय गरेसँगै ती दलका भ्रातृ संगठनले आज प्रदर्शन गर्न लागेको हुन । कोरोना संक्रमण कम भएको तथा बाढीपहिरोको विपत्ति पनि नरहेकाले भौतिक दूरी कायम गरेर प्रदर्शन […]