काठमाडौं : सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ। मन्त्रिपरिषद्को बिहीवार सिंहदरबारमा बसेको बैठकले अधिकारीलाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए।
‘अधिकारीलाई हटाउने निर्णय भएको छ,’ उनले भने।
अधिकारीमाथि कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। छानबिन समिति बनाएर सरकारले अधिकारीमाथि…