काठमाडौं : सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तत्काल नहटाउन आदेश दिएको छ। बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।
अधिकारीमाथि कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। गत फागुन ११ गते ४ वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त…