काठमाडौं : सरकारले देशका विभिन्न क्षेत्रमा पहिचान झल्कने संग्रालय बनाउने भएको छ।आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं महानगरपालिकाको सहकार्यमा नेवा : संग्रहालय, सगरमाथा क्षेत्रमा पर्वतारोहण अनुसन्धान केन्द्र र शेर्पाहरूको साहसिक पहिचान झल्कने संग्रहालय तथा पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण समिति गुरुयोजना कार्यान्वयन गरिने बताएका हुन्।