कोरोना भाइरस संक्रमणका कारण विगत दुई वर्षदेखि हुन नसकेको माध्यामिक शिक्षा परीक्षा (एसईई) यस वर्ष भने २०७९ वैशाख ९ गतेदेखि हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बुधबार बसेको बोर्डको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार भोलि बिहीबार परीक्षाको तालिका सार्वजनिक हुनेछ । …