वैशाख १९ गतेदेखि डडेलधुरामा निषेधाज्ञा

धनगढी । जिल्ला प्रशासन कार्यालय डडेलधुराले वैशाख १९ गतेदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण तीब्र गतिमा बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय भएको हो । शुक्रबार बसेको सर्वपक्षीय बैठकको सुझावका आधारमा वैशाख १९ गते बिहान ६ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म लागु […]

सम्बन्धित सामग्री

निषेधाज्ञामा ‘बानी पार्न गाह्रो’

कोरोना भाइरस संक्रमण रोकथामका लागि बिहीबारदेखि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा निषेधाज्ञा जारी भएको छ। तर, निषेधाज्ञाकै दिन १० हजार ४ सय २० जनाले नागढुंगा नाका हुँदै काठमाडांै छाडेका छन्। यही नाका हुँदै वैशाख १ देखि १५ गतेसम्म ७ लाख जना बाहिरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ। सर्वसाधारण नागरिक घर फर्किन बिहीबार बसपार्क, कलंकी क्षेत्रमा उपस्थित थिए। सुरक्षाकर्मी उनीहरूलाई रोकिरहेका थिए। सार्वजनिक र निजी दुवै प्रकारका सवारी साधन नचलेकाले घर फर्किन असहज अवस्था थियो। उनीहरू सामान ब...