एपिएफलाई एएफसी क्लबको लाइसेन्स

नेपाल एपिएफ क्लबको फुटबल समूहले एएफसी क्लबको लाइसेन्स पाएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा शुक्रबार अयोजित कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई क्लबको ल...

सम्बन्धित सामग्री

मछिन्द्र, आर्मी र एपीएफलाई एएफसी क्लब लाइसेन्स

१७ जेठ, काठमाडौं । नेपालका तीन ए डिभिजन क्लबको एएफसी क्लब लाइसेन्स नवीकरण भएको छ । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबले लाइसेन्स प्राप्त …

एपीएफ क्लबलाई अग्नि ग्रुपको बधाई

एसियाली फूटबल महासंघ (एएफसी) लाइसेन्स प्रमाणपत्र प्राप्त गरेकोमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई अग्नि ग्रुपले बधाई दिएको छ । एन्फा अध्यक्षकर्मा छिरिङ शेर्पाले अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माको उपस्थितिमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्‌ ।अग्नि ग्रुप महिन्द्रा नेपाल एपीएफसँग करिब ८ वर्षदेखि आबद्ध छ । सुरुवाती दिनदेखि नै क्लबको स्तरोन्नतिका लागि सक्दो सहयोग गर्दै आइरहेको ग्रुपले जनाएको छ । एपीएफलाई नेपालको आधिक

एएफसी कप छनोटको यात्राः तीन क्लबको तीव्र प्रतिस्पर्धा

सातौं चरणको समाप्तिसम्म शीर्ष स्थानमा रहने र एएफसी लाइसेन्स प्राप्त गरेका चार क्लबमध्ये (मच्छिन्द्र, मनाङ, आर्मी र एपिएफ) एक टोली नेपालको लिग विजेताको हैसियतमा एएफसी कप छनोटका लागि योग्य हुनेछ।

क्यासल राष्ट्रिय फुटसल च्याम्पियन

मिडफिल्डर पोजिसनबाट फुटबल खेल्ने विष्णु गुरुङले करिअरको अधिकांश समयमा थ्रीस्टार क्लबको बेन्चमै बिताए । यस अर्थमा उनको खेलाडी जीवन चम्किलो छैन । खेलाडी हुँदाहुँदै ‘सी’ र ‘बी’ लाइसेन्स प्रशिक्षण कोर्स पूरा गरेर विद्यालय र उमेर समूहका क्लबको प्रशिक्षण सम्हालेका गुरुङलाई दुई वर्षअघि एएफसी कप छनोटका लागि राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षक बनाइँदा धेरैको आश्चर्य थियो ।

सेनालाई एएफसी कप क्लब लाइसेन्स हस्तान्तरण

काठमाडौं । एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गर्नुभएको हो । त्रिभुवन आर्मी फुटबल क्लब नेपाली सेनाको विभागीय टोली हो । एएफसीको ‘क्लब लाइसेन्सिङ अपिल बडी’को यही पुस ७ गतेको बैठकले त्रिभुवन आर्मी क्लबलाई उक्त लाइसेन्स प्रदान गर्ने निर्णय गरेको थियो । उक्त अनुमति प्राप्त गरेसँगै त्रिभुवन आर्मी क्लबले एपएफसी कप क्लबअन्तर्गत सञ्चालन हुने व्यावसायिक फुटबल प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेको छ । एएफसी विश्व फुटबल महासङ्घ (फिफा) भित्रका ६ सङ्घमध्येको एक हो । एएफसीमा ४७ देश सदस्यका रुपमा आबद्ध छन् । उक्त संस्था सन् १९५४ फिलिपिन्सको मनिलामा गठन भएको थियो । हाल एएफसीको मुख्यालय मलेसियाको क्वालालम्पुरमा छ । नेपालमा एएफसीले क्लब लाइसेन्सिङको प्रक्रिया सन् २०१६ देखि लागू गरेता पनि सन् २०१८ देखि लाइसेन्स अनिवार्य गरिएको थियो । एन्फाले नेपालका सबै ‘ए’ डिभिजन क्लबलाई एएफसी लाइसेन्स प्रक्रिया पूरा गर्न निर्देशन दिए पनि आर्मी क्लबबाहेक कुनै पनि क्लबले मापदण्ड पूरा गर्न सकेका छैनन् । त्रिभुवन आर्मी फुटबल क्लब एएफसी लाइसेन्स प्राप्त गर्ने नेपालकै पहिलो क्लब हो । क्लब लाइसेन्स हस्तान्तरण कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले आर्मी क्लबले उक्त लाइसेन्स प्राप्त गर्नु सिङ्गो मुलुकको खेलकूद क्षेत्रकै सफलता भएको बताउनुभयो । नेपाली सेनाका उपरथी निरन्जन श्रेष्ठले एएफसी क्लबको लाइसेन्स प्राप्त भएबाट नेपालको खेलकूद विकासका लागि थप हौसला प्रदान भएको धारणा राख्नुभयो । त्रिभुवन आर्मी क्लब नेपालको खेल क्षेत्रको च्याम्पिएनशिप विभागीय टोली हो । सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख सेनानी ब्रजेश महर्जनका अनुसार खेलकूदको स्तर, पूर्वाधार, व्यवस्थापन, आर्थिक अवस्थालगायत मापदण्ड पूरा गरेका कारण आर्मी क्लबले उक्त लाइसेन्स प्राप्त गर्न सफल भएको हो । सेनामा हाल ३४ खेल विधाका ७५० भन्दा बढी खेलाडी आबद्ध छन् ।(रासस)

त्रिभुवन आर्मी क्लबलाई दिइयो एएफसी कप क्लबको लाइसेन्स

काठमाडौँ । एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा बुधबार आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गरेका हुन् । त्रिभुवन आर्मी फुटबल क्लब नेपाली सेनाको विभागीय टोली हो ।

त्रिभुवन आर्मी फुटबल क्लबले पायो एएफसी लाइसेन्स

काठमाडौं: त्रिभुवन आर्मी क्लबले एसियन फुटलब कन्फिडरेसन (एएफसी) क्लब लाइसेन्स प्राप्त गरेको छ। लाइसेन्स प्राप्त गरेसँगै अब क्लबको नाम त्रिभुवन आर्मी फुटबल क्लब हुनेछ। यसअघि एएफसी लाइसेन्सका लागि नेपालका सबै ए डिभिजन क्लबले गरेको प्रस्ताव अस्वीकृत भए पनि त्रिभुवन आर्मी क्लबका लागि भने एएफसी सकारात्मक सुनिएको थियो। रेलिगेसनमा परेको

एएफसीको चेतावनीपछि हच्कियो एन्फा, क्लबको एएफसी लाइसेन्स निवेदन अस्वीकृत

काठमाडौं : एसियन फुटबल कन्फिडरेसन (एएफसी) अन्तर्गत क्लब फुटबलमा सहभागी हुनका लागि नेपाली क्लबहरुले दिएको निवेदन अस्वीकृत भएको एन्फाले जनाएको छ। एएफसी क्लब लाइसेन्सका लागि नेपालका १४ 'ए' डिभिजन क्लबले निवेदन दिएका थिए। जसमा सबै क्लबहरुको निवेदन अस्वीकृत भएको हो। नेपाली क्लबहरुको मापदण्ड एएफसीले निर्धारण गरेको मापदण्ड अनुरुप नपुगेको