काठमाण्डौ – वैदेशिक रोजगार पीडित परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग गरिएको छ ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गइ करार अवधिभित्र ज्यान गुमाएका वा पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी भएका परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग गर्दै वैदेशिक रोजगार बोर्डले सूचना जारी गरेको छ ।
छात्रवृत्तिका लागि आफू अध्ययनरत शैक्षिक संस्थामा असोज मसान्तभित्र निवेदन दिइसक्नुपर्ने बोर्डले जनाएको छ । निवेदन वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७१ को अनुसूची (१) बमोजिमको ढाँचामा दिनुपर्ने ह...