३० असार, धनगढी । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्यले शनिबार बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिस्कार गर्ने भएका छन् । दिउँसो ३ बजे बोलाइएको बैठक अहिलेसम्म नबसेको भन्दै उनीहरुले बैठक बहिस्कारको घोषणा गरेका हुन् । ३ बजे बैठक बस्ने सहमति भए पनि सरकार र सत्तापक्षका कारण समयमा बैठक सुरु नभएका कारण शनिबारको […]
कर्णाली– नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलको नेतामा यामलाल कँडेल चयन भएका छन्। एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मतिमा दलको नेतामा चयन गरेको हो । संसदीय दलको नेतामा सुर्खेत क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कँडेलसँगै दैलेख क्षेत्र २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको […]
सुर्खेत : नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन्।प्रदेशसभा संसदीय दलको बुधबार बसेको पहिलो बैठकले कँडेललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो।नेकपा एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कँडेल सुर्खेत २ क बाट प्रदेशसभामा निर्वाचित भएका हुन्। कँडेल मुख्यमन्त्रीका दाबेदार हुन्।कर्णाली प्रदेशमा एमालेका प्रत्यक्षतर्फ ५ र समानुपातिकका ५ गरी १० सांसद छन्।
काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नं ९ को प्रदेशसभा (२)मा नेकपा (एमाले) का उम्मेदवार केशवप्रसाद पोखरेल निर्वाचित भएका छन् । पोखरेलले आठ हजार चार सय ५९ मत प्राप्त गरी निर्वाचित भएका निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्यामकृष्ण खड्काले सात हजार तीन सय ४१ मत प्राप्त गरे । प्रदेशसभा (२) […]
काठमाडौँ- मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले प्युठानले दुई जनाको नाम सिफारिस गरेको छ। दुईवटा निर्वाचन क्षेत्र रहेकोमा पार्टीले दुवै क्षेत्रका लागि एक/एक जनाको नाम सिफारिस गरेको हो। जसमा क्षेत्र नम्बर ‘क’मा पार्टीको निवर्तमान जिल्ला सभापतिसमेत रहेका तुलसीराम शर्मा छन् भने क्षेत्र नम्बर ‘ख’मा एमाले केन्द्रीय सदस्यसमेत रहेका पूर्व प्रदेशमन्त्री हरि रिजाल […]
सुदूरपश्चिम प्रदेश सकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमाथि छलफल गर्न बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएको छ । सरकारले बजेट प्रस्तुत गरेको २७ दिनपछि बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक आह्वान गरिए पनि प्रतिपक्ष दल एमाले नआएपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका छन् । प्रदेशसभा बैठक सुरु भएलगत्तै सभामुख थापाले प्रतिपक्षको अनुपस्थिति रहेको कारण देखाउँदै बैठक स्थगित गरेका हुन् । उनले अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि आह्वान गरेका छन् ।&
बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठकमा नेकपा एमाले सहभागी हुने भएको छ । यद्यपि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो ।बुधबार एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई पत्रसहित आग्रह गरेको थियो । तर विपक्षी दलहरूको विरोधका कारण सभामुख श्रेष्ठले बैठक निर्धारित मितिमै बस्ने जवाफ दिएपछि एमालेले बैठकमा सहभागी हुने निर्णय
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ। सांसदद्वय अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्न माग गर्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध बनाएको हो। बैठकमा एमाले सांसदहरुले नाराबाजी गर्न थालेपछि बैठक आजै दिउँसो साढे २ बस्ने गरी स्थगित गरिएको छ। सांसदद्वय शाही र वलीमाथि एमालेले गरेको कारबाहीअनुसार पदमुक्त गर्न नसकिने ब्यहोराको पत्र प्रदेशसभा सचिवालयले एमालेलाई पठाएपछि एमालेले त्यसको विरोध गरेको हो। एमाले संसदीय दलको नेता भविश्वर ढकालले आइतबार
धनुषा : नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। विपक्षी दलका सांसदहरुले स्थानीय तहलाई प्रदेश सरकारले पठाएको शसर्त बजेटमा मनपरी गरेको आरोप लगाउँदै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् ।विपक्षी सांसदहरुले प्रदेशसभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोल्दै प्रदेशसभामा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान लिएपछि सभामुख सरोज कुमार यादवले प्रदेशसभा बैठक एक घण्टाका लागि स्थगित गरेका छन् ।प्रदेशसभा बैठकमा आज ’विनियोजन
लुम्बिनी प्रदेशसभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन्। दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामापत्र बुझाएका हुन् ।१९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन् । बुधबार एमालेका प्रदेशसभा सदस्य डाँगीले प्रदेश सभाका सभामुखलाई राजीनामा बुझाएको प्रदेशसभा सचिव […]