जनताले विकास निर्माणमा भएको ढिलासुस्तीप्रति अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई ध्यानाकर्षण गराएका छन् । पोखरेबगरमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित स्थानीयबासीले गाउँपालिकाभित्रका विकास निर्माणका योजनामा भएका ढिलासुस्ती र स्थानीयस्तरमा रहेका समस्याका बारेमा ध्यानाकर्षण गराएका हुन् । चालू आर्थिक वर्षको फागुनसम्म सम्पादन भएका विकास गतिविधि, सेवाप्रवाह र समग्र गाउँपालिकाको अवस्थाका बारेमा सेवाग्राही, स्थानीयबासी र सरोकारवालाबाट गुनासा […]