स्थानीयको अवरोधले आठ वर्षदेखि बन्न सकेन हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन

नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि महत्त्वपूर्ण मानिएको हेटौंडा–ढल्केबर–इनरुवा ४ सय केभी डबल सर्किट प्रसारण लाइनमा स्थानीयको अवरोध देखिएको छ । विद्युत् पोल गाड्न र लाइन तान्न स्थानीयले अवरोध गरेका कारण आयोजना सुरु भएको ८ वर्ष बितिसक्दा पनि निर्माण नसकिएको हो ।

सम्बन्धित सामग्री

१९ वर्षदेखि चर्चामै सीमित उत्तरगङ्गा जलाशययुक्त आयोजना

गलकोट, १८ जेठ । बागलुङको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना १९ वर्षदेखि चर्चामा छ । सरकारले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यालाई विद्युत्को पहुँच पुर्‍याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रमा लघु तथा साना जलविद्युत्, सौर्य तथा वायुलगायत नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने बताए पनि यहाँको उत्तरगङगा जलाशययुक्त आयोजना अगाडि बढाउन सकिएको छैन । सरकारले आर्थिक […]

६ वर्षदेखि अवरुद्ध निर्माण सुचारु गर्न पहल

देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा ६ वर्षदेखि अवरोध हुँदै आएको छ । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, १६ र १७ स्थित हटियार सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब ६ वर्षदेखि निर्माणमा अवरोध भएको हो । हटिया […]

हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन निर्माणमा ६ वर्षदेखि अवरोध

काठमाडौं । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोध छ । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका वडाहरू १५, १६ तथा १७ स्थित हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करीब ६ वर्षदेखि निर्माणमा अवरोध भइरहेको छ । हटिया क्षेत्रमा १४ ओटा, हेटौंडा उपमहानगरपालिका वडा नं ११ स्थित थाना थानाभर्‍याङमा २ ओटा र जियाजोर क्षेत्रमा ८ ओटा टावर निर्माणमा अवरोध छ । थानाभर्‍याङस्थित सबस्टेसनमा लाइन पुर्‍याउन दुईओटा टावर निर्माण गर्नुपर्नेछ । यसबाट ऐलानी जग्गामा बनेका ४६ ओटा घर प्रभावित हुनेछन् । त्यस क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रूट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गर्दा करीब १० वर्षअघि शुरू भएको रणनीतिक महत्त्वको प्रसारण लाइन निर्माण सम्पन्न हुन सकिरहेको छैन । स्थानीय अवरोध खुलाई निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले गरिरहेको निरन्तरको प्रयास पनि सफल हुन सकिरहेको छैन । मकवानपुरको हेटौंडा उप–महानगरपालिका–११ थानाभर्‍याङ सबस्टेसनबाट शुरू भई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसनमा जोडिने प्रसारण लाइन १० जिल्ला पार भएर जान्छ । प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटान स्वीकृतिको प्रक्रियागत उल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायत कारण निर्माणमा ढिला भएको हो । ३० महीनामा निर्माण सम्पन्न गर्नेगरी २०६९ को माघमा ठेक्का सम्झौता भएको थियो । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न हुन नसक्दा धनुषास्थित ढल्केबर सबस्टेसनबाट लाइन क्षमता अभावमा मुख्य रूपमा पश्चिमतर्फ विद्युत् पठाउन सकिएको छैन । हाल ढल्केबरबाट पश्चिमतर्फ १३२ केभी प्रसारण लाइन मात्र छ । साथै, प्रसारण लाइन अभावमा ढल्केबर सबस्टेसनमा पर्याप्त विद्युत् पुर्‍याउन नसक्दा देशभित्र खपत गरी बढी भएको विद्युत् भारततर्फ निर्यात गर्न र आवश्यक पर्दा आयात गर्न समस्या छ । प्रसारण लाइन निर्माणमा निरन्तर अवरोध भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठ, आयोजना प्रमुख श्याम यादव सम्मिलित उच्चस्तरीय टोलीले शनिवार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा, वडा नं १५ का अध्यक्ष सुनील मोक्तान र वडा नं १६ का अध्यक्ष रामकृष्ण कोइरालासँग समस्या समाधानका लागि छलफल गरेको छ । स्थानीयसँगको छलफल र सहमतिमै प्रसारण लाइन निर्माण अगाडि बढाइने हुँदा यसका लागि आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिदिन टोलीले आग्रह गरेको छ । कार्यकारी निर्देशक घिसिङले देशभित्रको विद्युत् आपूर्ति र भारतसँगको विद्युत् व्यापारका लागि यो प्रसारण लाइन तत्काल निर्माण सम्पन्न गर्नुपर्ने भएकाले आयोजना र स्थानीय बासिन्दा दुवै पक्ष मर्कामा नपर्ने गरी अवरोध हटाउन पहल गरिदिन आग्रह गरेका छन् । पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने २ सय ८८ किलोमिटर प्रसारण लाइनका लागि ७ सय ९२ ओटा टावर निर्माण गर्नुपर्छ । यसमध्ये ७ सय २८ ओटा टावरको जग हालिएको छ । ७ सय ८ ओटा टावर खडा गरिएका छन् ।

कालीगण्डकी करिडर प्रसारण लाइन निर्माणको अवरोध हटाउन प्राधिकरणको पहल

काठमाडौं । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणको अवरोध हटाउन प्राधिकरणले पहल अगाडि बढाएको छ । आयोजना अन्तर्गत पर्वतको फलेवासमा विगत ३ वर्षदेखि प्रसारण लाइन निर्माणमा भइरहेको भैरहेको छ । फलेवासको देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने भन्दै स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गरिरहेका हुन् । अवरोध हटाउन […]

चार वर्षदेखि चीन जोड्ने प्रसारण लाइन ठप्प

गत आर्थिक वर्ष नेपालले भारत र बंगलादेशसँग विद्युत् व्यापारको लागि उपलब्धिमूलक काम भयो।

सोलु कोरिडोर प्रसारण लाइन निर्माण पुनः शुरू

विगत तीन वर्षदेखि उदयपुरको कटारी नगरपालिका क्षेत्रमा रोकिएको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काम पुनः सुरु भएको छ । कटारी नगरपालिका–४, मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधले प्रसारण लाइन निर्माणको काम रोकिएको थियो । मरुवावासीले सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आएका थिए । राष्ट्रिय गौरवकोे आयोजनामा सोलु कोरिडोर निर्माण क्षेत्रमा ऐलानी जग्गाको समेत मुआब्जा दिने भनी सूचना प्रकाशित गर्दा पनि स्थानीयले आयोजना निर्माणमा अवरोध गरिरह...

सोलु कोरिडोर प्रसारण लाइन निर्माण पुनः सुरु

विगत तीन वर्षदेखि उदयपुरको कटारी नगरपालिका क्षेत्रमा रोकिएको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काम पुनः सुरु भएको छ । कटारी नगरपालिका–४, मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधले प्रसारण लाइन निर्माणको काम रोकिएको थियो ।मरुवावासीले सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आएका थिए । राष्ट्रिय गौरवकोे आयोजनामा सोलु कोरिडोर निर्माण क्षेत्रमा ऐलानी जग्गाको समेत मुआब्जा दिने भनी सूचना प्रकाशित गर्दा पनि स्थानीयले आयोजना निर्म

कोभिड–१९ का कारण चीनसँगकाे पहिलाे अन्तरदेशीय प्रसारण लाइन निर्माणमा समस्या

रसुवा – काेभिड–१९ का कारण चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइन निर्माणमा समस्या देखिएको छ । फैलिँदो कोरोना सङ्क्रमण र जोखिमका कारण नेपाल र चीन दुवै देशका प्राविधिकले स्थलगत अध्ययन गर्न नपाउँदा प्रसारण लाइन निर्माण अघि बढ्न सकेको छैन । डेढ वर्षदेखि रसुवागढी नाकाबाट मानिसको आवतजावत ठप्प भएका कारण दुवै देशका प्राविधिकले स्थलगत अध्ययन गर्न नपाएका हुन् । नेपाली पक्षले चीनतर्फ र चिनियाँ पक्षले नेपालतर्फ अध्ययन तथा अवलोकन गर्नुपर्ने भए पनि नाकाबाट आवतजावत हुन नपाउँदा समस्या भएको रातमाटे–रसुवागढी&nda...