भगवान् मलाई उल्लु बनाइदिनोस् !

हे भगवान् ! हे लक्ष्मी माता ! अब म उल्लु बन्न चाहन्छु । मलाई आफ्नो शरणमा लिनोस् । मेरो उद्धार गर्नुहोस् । मैले मेरो जीवनको धेरै समय व्यर्थै गुमाएछु । सिद्धान्त र आदर्श भन्दै धेरै भुलियो । मित्रभन्दा शत्रु बढी बनाइयो । बल्ल अहिले बुद्धि फिरेको छ । मैले निश्चय गरेको छु कि म अब आफ्ना सबै सिद्धान्त, मूल्य, मान्यतालाई तिलाञ्जलि दिन चाहन्छु । हे माता ! यदि तपाईंले मलाई आफ्नो वाहन उल्लुको दर्जा दिनुभयो भने म त्यसलाई निष्ठापूर्वक पूर्ण इमानदारीका साथ पालना गर्नेछु । मेरो दुर्दशा तपाईंको दिव्यदृष्टिबाट लुक्नै सक्तैन । कृपा गरेर मेरो भुललाई माफी बक्सियोस् र आफ्नो प्रिय वाहन बनाइस्योस् । देवकोटाले आफूलाई भेडा बनाइदिन भनेका थिए । म उल्लु बनाइदिन अनुरोध गर्दै छु । उनी कथित ज्ञानीबाट वाक्कदिक्क थिए, म अचेलका भुइँफुट्टे धनीबाट । हे माते ! तपाईं त सर्वज्ञ हुनुहुन्छ । देवकोटाले आफूलाई भेडा बनाइदिन भनेका थिए । म उल्लु बनाइदिन अनुरोध गर्दै छु । उनी कथित ज्ञानीबाट वाक्कदिक्क थिए, म अचेलका भुइँफुट्टे धनीबाट । धेरै मानिसहरू सुख सुविधापूर्ण र सम्पन्न जीवन व्यतीत गरिरहेका छन् । हाम्रो देश नेपालमा लोकतन्त्र नामक एकतन्त्र चलिरहेको छ । यहाँ त यत्र–तत्र–सर्वत्र हजुरको भन्दा बढी नेताहरूको जय–जयकार चलिरहेको छ । हजुरको भन्दा नेताको गजुरका पछाडि ठूलो भीड छ । मिडिया छन् । पैसाको त कुनै हिसाबै छैन । तर म भने सिद्धान्तवादी बनेर नेताहरूका, दलहरूका भीडको अंग बन्न सकिनँ । परिणाम यो छ कि भौतिक शरीरलाई जिउँदो राख्नकै लागि दुई छाक जुटाउन भौंतारिइरहेको छु । म कहिले पानीको लाइनमा हुन्छु त कहिले पेट्रोलको । कहिले सवारी लाइसेन्स लिने लाइनमा पुग्छु त कहिले राष्ट्रिय परिचयपत्र बनाउने लाइनमा । कहिले फोहोर फ्याँक्ने लाइनमा हुन्छु त कहिले पासपोर्ट लिने लाइनमा भौंतारिन्छु । लाइनमा बस्दा बस्दै मेरो सिंगो बालापन र जवानी ढल्किसकेको छ । म थकित र गलित छु । तर लाइन बस्न अझै बाध्य छु । यो गणतन्त्र नामक डेमोक्रेसीमा जातिवाद, धर्मवाद, दलवाद, गुटवाद एक वटवृक्षसरी पुष्पित र पल्लवित भइरहेका छन् । साथै डनबल, धनबल, बाहुबल जस्ता अस्त्रशस्त्रका प्रयोग दिनप्रतिदिन बढ्दो छ । मन्त्री, नेताका पछि लाग्ने भीड देखेर मलाई लाग्छ कि ‘गणतन्त्र इज गभर्मेन्ट अफ द फूल्स, फर द फूल्स एन्ड बाई द फूल्स ।’ त्यसैले म पनि एक शिक्षित फूल बन्न चाहन्छु । हे माता ! अंग्रेजीमा तपाईंको वाहनलाई फूल भन्छन् । नेपालीमा सामान्य बोलचालको भाषामा त्यसलाई उल्लु भन्छन् । मलाई हजुरको वाहन उल्लु बनाउनुस् । त्यसो भएपछि म पनि हजुरको कृपापात्र बन्छु । तब मसँग भौतिक सुविधाको कमी रहने छैन । त्यसपछि मैले अभावग्रस्त जीवन बाँच्नु पर्दैन । माते ! मलाई वरदान दिनुहोस् । म उल्लु बनेर धनवान् हुन चाहन्छु । दुईचक्के, चारचक्के एकसे एक लक्जरी गाडीका मालिक बन्नुका साथै भव्य आलिशान बंगलामा बस्न चाहन्छु । विश्वका एकसे एक देश घुमेर आफ्ना देशवासीलाई गफ दिन चाहन्छु । जब म नेताहरूलाई हेर्छु, कतिपय व्यवसायीलाई देख्छु, उनीहरूमा माता सरस्वतीको कृपा शून्य छ । तर उनीहरूले हजुरको कृपा भने राम्रैसँग प्राप्त गरेका छन् । त्यो देख्दा मलाई औधि औडाहा हुन्छ । हिजोमात्र एकजना नेताका पिछलग्गुलाई पशुपति आर्यघाटमा देखेको थिएँ । उक्त युवक आफ्ना साथीहरूलाई आफ्नो नयाँ ठूलो टेस्ला चलाएर त्यहाँ पुगेको थियो । ऊ त्यहाँ पुगेर मृतकको आत्माले कति शान्ति पायो थाहा छैन । तर यी युवक र यिनका साथीहरूका गतिविधिले घाटमा अशान्तिको माहोल भने बनेको थियो । किनकि मानिसहरूको ध्यान चितामा जलिरहेको शवमा भन्दा उनीहरूप्रति बढी थियो । यसको मूल कारण नै लक्ष्मीमाताको ती युवकप्रतिको कृपादृष्टि थियो, जुन कुरा उनको गाडी, लवाइ, खवाइ, फूर्तिफार्तीबाट स्पष्ट झल्कन्थ्यो । हुन पनि यहाँ जसको महँगो सवारीसाधन र ठूलो भवन, उसको त्यति नै ठूलो सामाजिक प्रतिष्ठा । मन्त्री, नेताका पछि लाग्ने भीड देखेर मलाई लाग्छ कि ‘गणतन्त्र इज गभर्मेन्ट अफ द फूल्स, फर द फूल्स एन्ड बाई द फूल्स ।’ हे माता ! मेरा छिमेकी, समाजका मेरा वरपरका सबैले हजुरको आराधना गरिरहे । तर म एक अज्ञानी बनेर बसिरहेँ । माता मलाई क्षमा बक्सियोस् । मेरो दुःख दरिद्रता हरण गरिदिनोस् । मलाई उल्लु बनाइदिनोस् । म हजुरको वाहन बनेर सबै कुरा ठीक त्यसैगरी गर्नेछु, जस्तो समयको माग छ । म वाचा गर्छु कि उल्लु बनेपछि म यस्तो उस्तो कुनै कार्य गर्नेछैन, जसलाई लिएर हजुरको महिमामाथि कसैले औंला ठड्याउने हिम्मत गरोस् । माता ! अहिलेसम्म सरस्वती माताले जुन वरदान दिनुभएको थियो, त्यसको परिणाम समाजमा र स्वयं आफ्नै परिवारमा समेत म गोबर गणेशको उपनामले अपहेलित भइरहेको छु । तर हे लक्ष्मी माता, म यो सोचिरहेको छु कि जब हजुरको कृपा ममाथि पर्नेछ, तब म यो सावित गर्नेछु कि म पनि केही कामलाग्ने मान्छे हुँ । त्यसैले, हे माते ! मलाई उल्लु बन्ने वरदान दिनैपर्‍यो । हजुर दयालु हुनुहुन्छ, म अज्ञानीमाथि कृपालु बनेर मलाई छिट्टै उल्लु बनाइदिनुपर्‍यो । यदि म उल्लु बनेँ भने मसँग पनि धनबल आइहाल्छ । धनबल आउनासाथ बाहुबल त स्वतः आइहाल्छ । अनि त म पनि धनबली र बाहुबली कहलिनेछु । अनि मिडिया व्यवस्थापन गर्नेछु । अनलाइन चलाउनेछु । सेल्फी लिने समूह तयार गर्नेछु । सामाजिक सञ्जालमा सक्रिय देखिन अपलोडर राख्नेछु । त्यसपछि लठैत र बन्दुकधारीको समूह पनि बनाउनेछु । ढुंगागिटी उत्खननदेखि कुनै नयाँ क्षेत्रको लाइसेन्स दिनेलगायत जहाँ जहाँ आर्थिक गतिविधि भइरहन्छन्, त्यहाँ मेरो सहभागिता हुनेछ । त्यहाँबाट यी विभिन्न समूह मलाई मालामाल गराउन सक्रिय रहिरहनेछन् । राजदूत लगायत कुनै पनि सरकारी निकायमा नियुक्ति, सरुवा, बढुवा आदिबाट पनि आम्दानी बाँध्ने काम गरौंला । धन जम्मा गर्न नेताहरूले गफ त बेचिरहेकै हुन् । हामी पनि जे जे बेच्न सकिन्छ, बेचौंला । नदीनाला खोला बेचौंला, ढुंगागिटी बेचौंला, सरकारी जग्गा जमिन बेचौंला । सकेसम्म आकाश पनि बेचौंला । पर्‍यो भने कानून बनाउनुपर्ने विधायक अर्थात् सांसदलाई संसद् समेत अवरोध गर्न लगाउँला । बेलाबेलामा सांसद त बेचिरहेकै हो, उस्तै परे संसदै बेचौंला । इमान जमान त कुन ठूलो कुरो भो र ? धर्मै पनि बेचौंला । मौका मिले देशै बेचौंला । त्यसैले, हे माता लक्ष्मी ! मलाई आफ्नो वाहन अर्थात् उल्लु बन्ने सौभाग्य प्रदान गर्नुहोस्, ता कि म पनि जीवनको बचेखुचेको समय अनुकूल ऐश–आरामसँग बाँच्न सकूँ । माता ! म अभावग्रस्त छु, शारीरिक र मानसिक रूपमा अस्वस्थ छु । कृपया मलाई उल्लु बनाएर छिट्टै धनवान् बनाइदिनोस् । म अब गुमनाम मृत्यु मर्न चाहन्न !

सम्बन्धित सामग्री

कलियुगमा भगवान् कृष्णको सन्देश

हिन्दूहरूले प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीमा भगवान् श्रीकृष्णको पूजाआजा गरी श्रद्धा भक्तिपूर्वक मनाउँछन् । यसमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ । यसरी जन्मष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेषगरी महिला व्रत बसी […] The post कलियुगमा भगवान् कृष्णको सन्देश appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

भगवान् श्रीकृष्णको पूजा-आराधना गरी आज जन्माष्टमी मनाइँदै

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई...

आज श्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम […]

भगवान् शिवका ४८ नाम!

काठमाडौं : साउनको सोमवार भगवान् शिवको आराधना गर्ने परम्परा छ। शिव शब्दको अर्थ  कल्याण हो। भगवान् शिवलाई देवाधिदेव महादेव पनि भनिन्छ संहारका देवता मानिए पनि भक्तको आराधनाबाट चाँडै प्रसन्न हुने ‘आशुतोष’का रूपमा पनि शिवको महिमा छ।यिनै भगवान् शिवका अन्य ४७ नाम छन्। संस्कृत कोश (अमरकोश) मा ती नामबारे उल्लेख छ।यी हुन् भगवान् शिवका ४८ नाम–शिव, शम्भु, ईश, पशुपति, शुली, महेश्वर, ईश्वर, शर्व, ईशान, शंकर, चन्द्रशेखर, भूतेश, खण्डपरशु, गिरिश, गिरीश, मृड, मृतुञ्जय, कृत्ति

भगवान् श्रीरामकी दिदीको प्रसंग

रामायणमा राजकुमारी शान्ताको प्रसंग वर्णन गरिराखेको नभए पनि भगवान् रामकी एक मात्र दिदी शान्ता हुन् भने भिनाजु ऋष्यश्रृंग नै हुन्।...

पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिवपार्वतीका चित्र

काठमाडौँ, १५ फागुन: महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपति क्षेत्रका खाली भित्तामा साजसजावटका लागि बनाइएको भगवान् शिवपार्वतीको चित्र । खाली भित्तामा भगवान् शिवपार्वतीका चित्रले पशुपति क्षेत्रको आकर्षण बढेको छ ।-तस्बिर: पूर्णप्रसाद मिश्र-रासस

मंगलवार भगवान् श्रीगणेशको पूजा गर्नुहोस्

काठमाडौं— हरेक मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गरिन्छ । त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ । दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन । तुलसीलाई विष्णुको एक रूप नै मानिन्छ । तर गणेशजीलाई तुलसी अप्रिय लाग्छ । गणेश पूजनमा तुलसीको प्रयोग वर्जित छ । दूबोका सम्बन्धमा एउटा कथा […]

माडीको विकासका लागि भगवान् राम आउनुभयो : ओली

एमाले अध्यक्ष केपी ओलीले माडीलाई मणि बनाउन भगवान् राम आएको बताएका छन् । एमाले नगर कमिटी माडी नगरपालिकाले मंगलबार आयोजना गरेको कार्यक्रममा ओलीले भगवान् रामले माडीलाई मणि बनाउने बताएका हुन् ।  ‘मैले चार...

भगवान् श्रीकृष्णको महिमा र गीता

भगवान् श्रीकृष्ण यो जगत्को उत्पत्ति, स्थिति र प्रलयका कारक हुनुहुन्छ । श्रीकृष्ण सच्चिदानन्द स्वरूप हुनुहुन्छ । यस्ता भगवान् श्रीकृष्णलाई सबैले वन्दना गर्नुपर्छ, मान्नुपर्छ भनी शास्त्रमा वर्णन गरिएको छ । करिब ५२ सय वर्षअघि भाद्रकृष्ण अष्टमी बुधबारका दिन रोहिणी नक्षत्रमा उत्तर भारतको शुरसेन नामक देशको राजधानी मथुराको झ्यालखानामा राति १२ बजेको समयमा वासुदेवका श्रीमती देवकीको गर्भबाट […] The post भगवान् श्रीकृष्णको महिमा र गीता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भगवान्, विकास र विनाश

मानव सभ्यताको आरम्भदेखि नै समाजका विभिन्न वर्गले भित्रभित्र स्वरूप र आकृतिका भगवान् मान्दै तथा पूजा गर्दै आएको विषय त हाम्रा प्राचीन सभ्यताले पुष्टि गर्दै आएका छन्। यसरी मानिँदै र पुजिँदै आएका अधिकांश भगवान्‌का स्वरूप कोही ठुल्ठूला उच्च पृष्ठभूमिका सन्त एवं साम्राज्यका राजा–महाराजाका वंशज नै देखिएका छन् र सबै आ–आफ्ना ज्ञानगुन र सुकृत्यका आधारमा स्थापित भएका […]