काठमाडौं : कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले जारी 'स्मार्ट लकडाउन' खुकुलो बनाउने निर्णय गरेको छ।
आइतवार बसेको केन्द्रको बैठकले पछिल्लो लकडाउन खुकुलो गर्ने निर्णय गरेको हो। माघको पहिलो सातादेखि भौतिक रुपमा पठनपाठन बन्द भएका शैक्षिक संस्थाहरुलाई संक्रमण दर हेरेर खोल्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको छ। काठमाडौं उपत्यकालगायत देशभर कोरोना संक्रमण…
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार देशभर वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भयो । महाशाखाले जारी गरेको पछिल्लो मौसमी विवरणमा काठमाडौँमा ४१ मिलिमिटर वर्षा भएको छ । बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको छ । फुल्चोकी, चन्द्रागिरी, शिवपुरी, नगरकोटलगायतका अग्ला डाँडामा हिमपात भएको छ । वर्षासँगै चिसो बढेको छ । यसैबीच शनिबार साँझदेखि मौसममा क्रमशः सुधार हुँदै जाने भएको छ ।
००००
यसैबीच मौसमको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने २१६ वटा उडान तथा अवतरण प्रभावि...