जर्मनीमा विगत २४ घण्टामा थप १ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको देशको जनस्वास्थ्य निकायले बुधबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा पछिल्लो २४ घण्टामा १ लाख १२ हजार ३२३ कोरोनाभाइरसको सङ्क्रमण भएको छ । कोरोना सङ्क्रमणको कारण २३९ जनाको मृत्यु भएको रबर्ट कोच इन्स्टिच्युटले जनाएको छ ।साप्ताहिक घटना दर सात दिनमा प्रति १००० व्यक्तिमा ५८४.४ नयाँ सङ्क्रमण भएको सो इन्स्टिच्युटले जनाएको छ । जर्मनीले सङ्क्रमण घटाउनको लागि थप कडाई गरेको छ ।