नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शेरबहादुर कुँवर सांसद नभए पनि मन्त्री बन्ने भाग्यमानीमा पर्छन् । हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका उनले मन्त्रालयको नेतृत्व सम्हालिसकेपछि केही सुधारका प्रयास पनि अघि बढाएका छन् । लामो समयदेखि विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारदेखि शव नेपाल ल्याउने, कोमामा रहेका बिरामी ल्याउनेलगायत विषयलाई उनले उच्च प्राथमिकतामा राखेका छन् । छोटो समयका लागि मन्त्रालयको जिम्मेवारी सम्हालेका कुँवरले अहिलेसम्म मन्त्रालयबारे के–के बुझेका छन् ? त्