नेपाली सेनाले यस वर्ष पनि एकिकरण पदयात्रा गरेको छ । नेपाल एकिकरणको उद्गम स्थल गोरखाबाट काठमाण्डौसम्म हिडेको टोलीलाई मंगलबार बिहान गोरखाबाट गरिएको छ ।‘इतिहासको रक्षा गर्दै, सम्पूर्ण नेपालीलाई एक गराउन हामीले एकिकरण पदयात्राको अवधारणा ल्याएका हौं,’ नेपाली सेनाको पश्चिम क्षेत्रका पृतना पति बिनयबिक्रम राणाले भन्नुभयो, ‘यसले एहितासिक पर्यटनको संभावना समेत उजागर गरेको छ ।’
तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोलाई समेटेर एकिकरण पदमार्ग निर्माण निर्माण गरिएको छ । पुस २७ गते सिंहदरबार अघि मनाइने पृथ्वीजन्यतीमा सहभागी हुन काठमाण्डौं पुग्ने टोलीलाई मंगलबार गोरखा दरबार परिसरमा रहेको हनुमान चौतारीमा एक कार्यक्रम गरी बिदाई गरिएको छ ।