हेटौंडा : बागमती प्रदेश सरकारले शुक्रबार राति १२ बजेबाट लागु हुनेगरी प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरेको छ। आफू मुख्यमन्त्री बनेपछि एकपटक पनि संसद नछिरी अष्टलक्ष्मी शाक्यले आठौं अधिवेशन अन्त्य गरेकी हुन्। भदौ २ गते डोरमणि पौडेलले पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन्। लामो समयदेखिको आन्तरिक विवादमा माधव नेपाल पक्षमा रहेकी शाक्य नेता नेपालले अर्को पार्टी दर्ता गर्दा एमालेमै रहेपछि मुख्यमन्त्री बनेकी हुन्। प्रदेशको मुख्यमन्त्री बनेको एक सा