काठमाडौं। आर्थिक वर्ष २०८०/८१ को प्रथम तीन महीनामा आर्थिक सहयोग तथा विकास संगठनका देशहरूसँग नेपालको व्यापारघाटा रू. १४ अर्ब छ । यी देशसँग नेपालको निर्यात रू. १२ अर्ब र आयात रू. २६ अर्ब बराबर छ । यी देशमध्ये नेपालको व्यापार नाफा भएका मुुलुकको संख्या १० छ ।