सबैभन्दा बढी खुसी हुने देशको रुपमा नेपाल दक्षिण एसियामा पहिलो भएको छ ।
सन् २०१९ देखि २१ सम्ममा गरिएको सर्वेक्षणमा वल्र्ड ह्यापिनेस प्रतिवेदनअनुसार नेपाल यस क्षेत्रमा पहिलो भएको हो । नेपाल विश्वमा ८४ औं स्थानमा परेको छ । त्यसपछि बंगलादेश (९४), पाकिस्तान (१२१), श्रीलंका (१२७), भारत (१३६) र अफगानिस्तान (१४६) अन्तिममा रहेका छन् । १४६ वटा देशहरुको वर्गीकरणमा भूटान र माल्दिभ्सलाई समावेश गरिएको छैन ।