काठमाडौं । बारम्बार सर्दै आएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन फेरीपनि तोकिएको मितिमा नहुने निश्चित भएको छ । कांग्रेस कार्यतालिका कार्यान्वयनको अवस्था, क्रियाशील सदस्यता विवाद र चाडपर्वका कारण हुने ढिलाईले गर्दा मंसिरमा महाधिवेशन नहुने देखिएको हो ।