सामान्यतया, महानगरपालिका तथा उपमहानगरपालिकालाई सुगम क्षेत्र मानिन्छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ११, जितपुर भने उपमहानगरकै एउटा यस्तो बस्ती हो जहाँ खानेपानीका लागि वर्षौंदेखि स्थानीयवासीले सास्ती झेल्दै आएका छन् ।‘जरुवाबाट पानी बोक्दाबोक्दा कुमका छाला गइसके, बिहान भालेको डाँकोसँगै डोको बोकेर जरुवा अर्थात पँधेरो झर्ने हो । पालो आएपछि पानी भरेर घर आउने हो । यो दुःख सधैँको हो,’ घोराही उपमहानगरपालिका वडा नं. ११, जितपुरकी २५ वर्षीय मनीषा गिरीले दुखेसो पोखिन् ।चुनावका बेलामा उम्