प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरू एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ । सोमबार काउन्सिलले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यमलाई निर्वाचनको प्रचारप्रसारको क्रममा निर्वाचनमा सहभागी राजनीतिक दलका आमसभा र भेला जस्ता कार्यक्रम चलिरहेको अवस्थामा यस्ता कार्यक्रमहरूको समाचार एकपक्षीय रूपमा सम्प्रेषण नगर्न भनेको हो ।साथै सञ्चारमाध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको मत आह्वान विज्ञापनहरू प्रकाशन तथा प्रशारण गर्दा निर्वाचन आचारसंहिता बमोजिम सो विज्ञापनमा सशुल्क भएको