प्रेस काउन्सिल नेपालले स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिता, २०७८ को ख्याल गर्दै आ–आफ्नो सञ्चार माध्यमबाट स्वतन्त्र भूमिका खेल्न अपिल गरेको छ । काउन्सिलले आज एक अपिल जारी गर्दै कुनै दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन÷प्रसारण नगर्न÷नगराउन ध्यानाकर्षण गराएको हो । निर्वाचनको समयमा बढी संवेदनशील र सन्तुलित भई समाचार, विचार, विज्ञापन, सम्प्रेषण गर्नुपर्ने भन्दै काउन्सिलले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभ