बाँके – बाँकेमा सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गरेपछि सामान ल्याउने व्यक्तिहरूसँग भएको झडपमा तीन जना घाइते भएका छन् ।
झडपमा परि बागेश्वरी गण बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बेदप्रसाद पाैडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा तथा नेपालगञ्ज उपमहानगरपालिका–१४ बस्ने जहित हसमित घाइते भएका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले बताउनुभयाे । यस्तै झडपबाट ना १ झ ५७४ नम्बरको गाडीमा क्षति पुगेकाे छ ।
हिजाे बिहीवार राति साढे ९ बजेतिर बाँकेको नेपालगञ्ज उपमहानगरपाल...