रसुवामा नमुना मतदान गरिएको छ । स्थानीय तहको निर्वाचन गर्ने समय तीन दिन बाँकी छँदा जिल्ला निर्वाचन कार्यालय रसुवाले मंगलबार सदरमुकाम धुन्चेमा नमुना मतदान गरेको हो । नमुना मतदानमा जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल, जिल्लाका सरकारी कर्मचारी, स्थानीय नागरिक, सञ्चारकर्मी, दलका प्रतिनिधि, उम्मेदवार स्वयं सहभागी भएका थिए । सदरमुकाम धुन्चेस्थित रसुवा मावि मतदान केन्द्रमा नमुना मतदान गरिएको हो । नमुना मतदानमा अधिकांश मत बदर भएको छ । छैटौँ लहरमा खुल्ला सदस्यलाई दिने मतमा