रुकुम (पूर्व) : वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि रुकुम पूर्वमा नमुना मतदान गरिएको छ। आज शुक्रबार सिस्ने गाउँपालिका–६ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालय छिप्रिदहमा जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान गराएको हो।मतदानका सम्पूर्ण प्रक्रिया पूरा गरेर मतदान गराइएको थियो। नमुना मतदानमा महिला/पुरुष गरी २२ जना सहभागी थिए। सही तरिकाले मतदान होस् भन्ने सन्देश प्रवाह गर्न नमुना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताए। मतदान सही होस्, मत बदर नहोस् भन्ने उद्देश्यले नम