बैतडी : जिल्लामा जंगली जनावरहरूले आतंक मच्चाउन थालेका छन्। बदेँल, भालु, दुम्सी, बाँदरलगायतका जंगली जनावरले आतंक मच्चाएका हुन्। जंगली जनावरले मानिसमाथि आक्रमण गर्नुका साथै बालीनाली समेत नष्ट गर्न थालेका छन्। दिउँसो बाँदर र रातिको समयमा बदेँल, दुम्सीले मकैबाली नष्ट गर्न थालेको दोगडाकेदार ३ श्रीकोटका डम्बर जोशीले बताए। मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएको यस जिल्लाका अधिकांस क्षेत्रमा मकैबाली जोगाउनै मुस्किल भएको छ। मकैबाली जोगाउन बारीमै जाग्राम बस्नुपरिरहेको अर्का कि
खलङ्गा, ५ असोज: मकै पाक्ने याम सुरु भएसँगै जुम्लाका किसान यतिबेला भालु भगाउन रातभर जाग्राम बस्न थालेका छन् । बारीमा लगाएको मकैबाली जोगाउन रातभर जाग्राम बस्ने गरेका हुन् । यहाँको तिला गाउँपालिकाका किसान बारीमा पाक्न लागेको मकै सुरक्षित गर्न रातभर बारीमै जाग्राम बस्ने गरेको बताउँछन् । सो गाउँपालिका–६ का स्थानीयवासी नरिमान रावतले भने, “भालुले मकै […]
सोलुखुम्बु - सोलुखुम्बुको ग्रामीण भेगमा किसानले लगाएको मकै जङ्गली जनावरले सखाप बनाएका छन् । भित्र्याउने बेलाको मकै जङ्गली जनावरले खाइदिएपछि किसान चिन्तित बनेका हुन् । निषेधाज्ञाको समयमा अन्य जिल्लाबाट खाद्यान्न ढुवानीमा समस्या हुने र बारीमा लगाएको मकैबाली समेत जङ्गली जनावरले खाइदिएपछि किसानलाई यो वर्ष भोकै हुने पीर लागेको छ ।
जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको मकैसहितका बालीनाली पाक्न नपाइ जङ्गली जीवजन्तुको निशानामा पर्न थालेपछि यहाँका किसानहरु मर्कामा परेका छन् ।
‘बालीमा जङ्गली भालु, बाँदर र दुम्सी पल्कि...