पञ्चे बाजामा महिला अग्रसर

काठमाडौँ,६ असोज । रुकुमपूर्वमा महिला पञ्चे बाजा संरक्षणमा जुटेका छन् । आधुनिक सामग्रीको बढ्दो प्रयोगले ओझेलमा पर्दै गएको पञ्चेबाजाको अस्तित्व जोगाउन रुकुमपूर्वमा महिला अग्रसर भएका हुन् । उनीहरूले अहिले पञ्चेबाजा बजाउन सिकिरहेका छन् । स्थानीय सरकारको सहयोगमा जिल्लाको सिस्ने गाउँपालिका–५ का दुईवटा महिला दिदीबहिनीको समूहले पञ्चेबाजा बजाउन सिकिरहेका छन् । रुमालबारा र शिला टोलका दुईवटा […]

सम्बन्धित सामग्री

आत्मनिर्भरतातर्फ हिंसा प्रभावित महिला

सिरहाको लहानमा घरेलु हिंसाबाट प्रभावित महिला ‘जागरुक दालमोठ भुजिया उद्योग’ सञ्चालन गरी आत्मनिर्भरतातर्फ अग्रसर भएका छन्।...

आत्मनिर्भर हुँदै महिला

दमौली– तनहुँको भिमाद नगरपालिका–६ का महिलाहरू आयआर्जनतर्फ अग्रसर भएका छन् । मातृ शिशु कल्याण आमा समूहमा आबद्ध महिला आत्मनिर्भर बन्न आयआर्जनतर्फ अग्रसर भएका हुन् । आमा समूहले सर्फ उद्योग सञ्चालनमा ल्याएका छन् । महिलालाई आत्मनिर्भर बनाउन सर्फ उद्योग सञ्चालन गरिएको आमा समूहकी सचिव सीता सुवेदीले जानकारी दिइन् । उनले भनिन्, ‘घरायसी काममा मात्रै व्यस्त हुने […]

दाम्पत्य सुख : किन महिला यौनमा अग्रसर हुँदैनन् ?

काठमाडौं । अक्सर महिला यौन सम्बन्धका लागि अग्रसर हुँदैनन् । कतिपय अवस्थामा आफ्ना पति एवं पार्टनरलाई सन्तुष्ट र खुसी तुल्याउन मात्र उनीहरू यौन सम्बन्ध राख्छन् । यौन सम्बन्धका बेला पनि पुरुष जति सक्रिय हुन्छन्, महिलाहरू त्यति हुँदैनन् । धेरैजसो महिला निष्क्रिय जस्तै हुने गर्छन् । के कारणले उनीहरूमा यौन चाहना कम भएको हो ? यसै […]

विकास निर्माण र सामाजिककार्यमा बढ्दो महिला सहभागिता

काठमाण्डौँ, २२ मङ्सिर । चुलोचौकामा सीमित रहने कालीकोटका महिला अहिले विकास निर्माण र सामाजिक काममा अग्रसर हुनु थालेका छन् । कालीकोटमा अधिकांश पुरुष हिउँदे बाली लगाएपछि रोजीरोटीका लागि कामको खोजीमा भारतलगायत अन्य मुलुकमा जाने भएकाले यहाँका महिलाहरू विकास निर्माणको कामदेखि सामाजिक कामसम्म आफैँ अग्रसर हुन थालेका हुन् । प्रायः पुरुषहरू रोजगारीका लागि भारत, खाडी मुलुक […]

ढाका बुनाइमै भविष्य खोज्दै ग्रामिण महिला

शहरको तुलनामा गाउँका महिला आर्थिक रुपमा सक्षम हुँदैनन् । गाउँका महिलालाई व्यापार व्यवसाय, उद्यमशीलतामा अग्रसर हुन पारिवारिक तथा सामाजिक परिवेशले पनि दिएको छैन । सीप क्षामता आँट नभएर होइन्, महिला घरभन्दा बाहिरको काम गर्न सक्दैनन्, मेलापात घरधन्दा महिलाको पेवा जस्तो ठान्ने प्रवृत्ति समाजमा विद्यमान छ । जसका कारण अझै अधिकांश महिला आर्थिक सामाजिक र राजनीतिक […]

उद्यमशिलतामा अग्रसर तिलाका महिला

शहरको तुलनामा गाउँका महिला आर्थिक रुपमा सक्षम हुँदैनन् । गाउँका महिलालाई व्यापार व्यवसाय, उद्यमशिलतामा अग्रसर हुन पारिवारिक तथा सामाजिक परिवेशले पनि दिएको छैन् । सीप क्षामता आँट नभएर होइन, महिला घरभन्दा बाहिरको काम गर्न सक्दैनन्, मेलापात घरधन्दा महिलाको पेवा जस्तो ठान्ने प्रवृत्ति समाजमा विद्यमान छ । जसका कारण अझै अधिकांश महिला आर्थिक सामाजिक र राजनीतिक […]

विषादीमुक्त बस्ती बनाउन महिला अग्रसर

तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिकाको अर्गानिक रणनीतिअनुसार वडा नम्बर ७ फिर्के सुकुम्बासी बस्तीका महिला रासायनिक विषादीमुक्त बस्ती बनाउन लागिपरेका छन् । विषादीले मानव स्वास्थ्यमा नराम्रो असर पार्छ भन्ने थाहा पाएपछि उनीहरु यो अभियानमा लागेका हुन् । अबको ५ वर्षभित्रमा रासायनिक विषादीमुक्त बस्ती बनाउने महिलाहरूको उदघोष छ । एक्सनएड नेपाल र दलित सचेतना समाजको सहजीकरणमा स्थानीय […]

उद्यमशिलतामा अग्रसर चन्दननाथका महिला

जुम्लाको चन्दननाथ नगरपालिकाका महिला सीप सिकेर उद्यमशिलता तर्फ अग्रसर हुन थालेका छन् ।आर्थिक आयआर्जनमा सहयोग पुगोस भन्ने उद्देश्यले सीप सिकेर आफ्नै उद्यमशीलता तर्फ चन्दननाथका महिला अग्रसर हुन थालेका हुन् ।हातेहोजियारी सीप सिकेपछि घरधन्दामा मात्रै सीमित महिला आर्थिक गतिविधिमा सक्रिय हुने आँट आएको चन्दननाथ नगरपालिका ६ की संगिता रावलले बताइन् । उन्ले भनिन,“अब महिला पनि आत्मनिर्भर […]

महिला हिंसा न्यूनीकरण सम्बन्धि कानून बनाउँछौ : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले महिला हिंसा न्यूनीकरण सम्बन्धि कानून निर्माणतर्फ आफु अग्रसर रहेको बताएका छन् । सोमबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले आयोजना गरेको ‘व्यवसायमा महिला हिंसा सचेतना’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले महिला हिंसा घटनाका विषयमा समाजमा उठेका विभिन्न विषयलाई आत्मसात् गर्दै गण्डकी सरकारले कानून निर्माण गर्ने प्रक्रिया थालेको बताए ।उनले शिक्षा र चेतना अभिबृद्धि नै महिला हिंसा न्यूनीकरणको

महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान दिएन : नेता डा. संग्रौला

नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले महिला हिंसाका घटना न्युनीकरणमा सामूहिक प्रयत्नको खाँचो औंल्याएकी छन् ।          नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा सोमवार मार्तडीमा आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापी अभियान सञ्चालन गरेको बताइन् । उनले सुदूरपश्चिमका ९ र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सञ्चालन गरेको जानकारी दिँदै महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान नदिएको आरोप समेत लगाइन् ।